काठमाडौ — भोटेकोसी नदीमा आइतबार राति आएको बाढीले टिमुरेमा बेलिब्रिज बगाएको छ । राति एक्कासी तिब्बतबाट आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको हो ।
भन्सार र्याडबाट रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो।बाढीले रसुवागढी जलविद्युत आयोजनाको २ वटा पेनस्टक पाइप, कफर ड्याम र टिमुरेको फोहर व्यवस्थापन गर्न आयोजनाले निर्माण गरेको फोहर जलाउने भवन बगाएको प्रमुख छवि गैरेले बताए।
बाढीले आयोजनामा लाखौंको क्षति पुगेको छ। पुल बगाएपछि रसुवागढी जलविद्युत् आयोजना र टिमुरेतर्फ आवतजावत विच्छेद भएको उनले बताए।
भोटेकोसी किनारामा भन्सार र्याड रहेकाले पार्किङमा राखिएको कन्टेनर राति नै सुरक्षित स्थानमा सारिएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।
प्रतिक्रिया