काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २१ वर्षीय युवकको बर्ड फ्लूबाट मृत्यु भएको जानकारी दिदै बर्ड फ्लुबाट जोगिने उपायहरु सार्वजनिक गरेको छ । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले बर्ड फ्लुबाट मानिसको मृत्यु भएको घटना अप्रत्यासित भएको बताइन्।
ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो। नमूनामा बर्ड फ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्ड फ्लुबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ। यसबाट जोगिने केही उपाय समेत मन्त्रालले जारी गरेको छ।
बर्ड फ्लुबाट जोगिने उपाय
- नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने।
- व्यक्तिगत सरसफाईमा ध्यान दिने।
- आफ्नो वरिपरिको वतावरण सफा राख्ने।
- बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने।
- प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
- बच्चाहरालई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने ।
- कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नांगो हात, खुला नाक मुख गरी मासु चलाउन हुँदैन। कम्तीमा पनिहातमा पञ्जा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ । यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिउका भाँडाकुँडा, ओजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो
- कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ)
- जंगली तथा घरपालुवा पक्षी मरकेो वा बिरामी भएको देखिएमा नजिकको पशुस्वासथ्यकर्मि पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।
- इन्फ्लुएन्जकाके कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।
- मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाड्ने प्रबन्ध मिलाउने।
प्रतिक्रिया