देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्सका नेपालीले मनाए नेपाली नयाँ वर्ष

देशान्तर

पेरिस । फ्रान्सको राजधानी पेरिसस्थित विभिन्न नेपाली संंघ–संस्थाहरूले मिलेर संयुक्त रूपमा नेपाली नयाँ वर्ष २०७६, धूमधामले मनाएका छन् ।

त्यस अवसरमा उनीहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेर आफ्नो देशको सांस्कृतिक विरासतलाई नयाँ पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न त्यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताएका थिए ।

वैशाख १ गते आयोजित नयाँ वर्ष कार्यक्रममा ठूलो संख्यामा उपस्थित नेपाली समुदायलाई समाजसेवी तथा पाकोफेनकी अध्यक्ष सुमित्रा प्रधानले स्वागत गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा भव्य जलपानको आयोजना गरिएको थियो ।