देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योगी दिवाकर गोल्छाको निधन

देशान्तर

काठमाडौँ । उद्योगी दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु र किड्नीका रोगी गोल्छाको भारतमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो । उनी २०६४ को पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सांसद समेत रहेका थिए ।

भारतको चेन्नइमा उपचारका क्रममा मंगलबार राति निधन भएको उनका दाजु लोकमान्य गोल्छाले जानकारी दिएका छन् । आज उनको पार्थिव शरिर काठमाडौं ल्याउने र अन्तिम श्रद्धान्जलिका राखिने बताइएको छ । चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। त्यसको दुई सातामै उनको निधन भएको परिवारले जनाएको छ ।

८ वर्षअघि उनी नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत भएका थिए । गोल्छाका १८ वटा उद्योग छन । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले गाल्छाका उद्योगमा करिब १८ हजारले रोजगारी पाएको बताए । गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष रहेका उनी गोल्छा परिवारलाई आधुनिक उद्योगतर्फ ल्याउने व्यक्तिका रुपमा पनि चिनिन्छन् ।

दिवाकरका हजुरबुबा रामलाल र पिता हंशराजले सुरु गरेको व्यवसायलाई उनले आधुनिकतामा परिणत गरेका हुन् । उनका दुई छोरा छन् । दुबै छोराले दिवाकरलाई व्यवसायमा सघाउँदै आइरहेको उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका शेखर गल्छाले बताएका छन् ।