देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेटका लागि अर्थ समितिले सातै प्रदेशबाट सुझाव लिने

देशान्तर

काठमाडौँ – संसदको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि सातै प्रदेशमा पुगेर सुझाव संकलन गर्ने भएको छ ।

अघिल्ला वर्षहरुमा समितिले काठमाडौँमै बसेर पूर्व बजेटबारे छलफल चलाए पनि यस वर्ष दुई टोली बनाएर सुझाव संकलनका लागि अर्थ समितिका सदस्यहरु देश दौडाहामा निस्कन लागेका हुन् ।

प्रदेश सरकार, प्रदेश अर्थ समिति, स्थानीय तहका प्रतिनिधिसँग सातै प्रदेशमा छलफल गर्ने र त्यहाँबाट आएका विषयलाई सुझावका रुपमा सरकारलाई दिने निर्णय गरेको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । दाहालले काठमाडौँ मात्र बसेर बजेटबारे छलफल गर्दा तल्ला तहमा बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान हुन नसकेकाले यस वर्ष फिल्डमै पुगेर सुझाव लिन लागिएको जानकारी दिए । समितिको सुझावलाई नतिजामुखी बनाउन यो वर्ष फरक ढंगले प्रिबजेट छलफल गर्न लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

सुझाव संकलनका लागि १२र१२ जना सांसदको टोली वैशाखको पहिलो हप्ता काठमाडौँबाट पूर्व र पश्चिम हिड्नेछन् । टोलीले सात दिनभित्र सुझाव संकलन गरेर प्रतिवेदन समितिमा पेश गर्नेछन् ।