देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपी अध्ययन प्रतिष्ठान क्यानडामा वसन्त कार्की

देशान्तर

क्यानडा । बीपी अध्ययन प्रतिष्ठान केन्द्रीय कार्य समितिले क्यानडाको अध्यक्षमा वसन्त कार्कीलाई मनोनीत गरेको छ । नेपाली जनसम्पर्क समिति क्यानडाको महामन्त्रीसमेत रहेका कार्कीलाई क्यानडामा रहेका सम्पूर्ण लोकतन्त्रवादी र प्रजातन्त्रवादी जनसमुदाय बीच संवाद सहकार्य बहस छलफलमार्फत अभ बढी मजबुत संगठित बनाउनको लागि यस किसिमको जिम्मेवारी दिइएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्बाङले बताए । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पार्टी तथा विभिन्न भ्रातृ संस्थामा उल्लेखनीय भूमिका खेलेका कार्कीलाई पार्टीमा निडर स्पष्ट हक्की स्वभाव एवं प्रखर वक्ताका रूपमा हेर्ने गरिएको छ ।

यसैगरी महामन्त्री कार्कीलाई प्रतिष्ठाको अध्यक्ष मनोनीत भएको अवसरमा जनसम्पर्क समितिले एक कार्यक्रमका बीच भव्य स्वागत एवं सम्मानको आयोजना गरेको थियो । सो अवसरमा बोल्दै नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धिप्रकाश वलीले लोकतन्त्र र प्रजातन्त्रमा विधिको शासनमा सबै अट्नुपर्ने बताए ।

उनले दुई तिहाइ बहुमत प्राप्त सरकार दिनदिनै भ्रष्टाचार र अहमताको चंगालमा फस्दै गएकोले विदेश बस्ने नेपालीहरूले खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले १० वर्ष लामो जनयुद्धका कारण विदेशी भूमिमा रगत र पसिना बगाउन परेको तीतो यथार्थ सुनाउँदै देशमा समृद्धि र शान्तिको श्वास फेर्नका लागि नेपाली कांग्रेसकै सरकार ल्याउनुपर्नेमा जोड दिए ।

यसै अवसरमा उनले नेपालमा द्वन्द्वपीडित दुर्गमका बालबालिकाको शिक्षाको लागि बीपी प्रतिष्ठान क्यानडा च्याप्टरमार्फत बीपी अध्ययन प्रतिष्ठान केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

मनोनीत कार्कीले क्यानडामा रहेका सम्पूर्ण लोकतन्त्रबादी शक्तिहरूलाई एक सूत्रमा ल्याउने जिम्मेवारी अब आफ्नो काँधमा आएको र सोको लागि कुनै कसुर आफूबाट बाँकी नरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो सोही अवसरमा उनले बीपी प्रतिष्ठान क्यानडा जनसम्पर्क समिति क्यानडाकै मातहतमा रहेर काम गर्नेसमेत वचन दिए ।

यसैबीच क्यानडामा केही लोकतन्त्रवादी साथीहरूले खोलेका विभिन्न संस्थाहरूले जनसम्पर्क समितिसँग आबद्ध हुनुपर्नेमा जोड दिए । केही संस्थाहरूले जनसम्पर्क समितिसँगै समानान्तर जस्तो हुने गरी क्रियाकलाप सञ्चालन गरेकोमा चिन्ता व्यक्त गरे । यसका साथै सबै लोकतान्त्रिक मूल्य र मान्यता बोकेको संघसंस्थाहरूलाई एउटै झन्डामुनि गोलबन्द हुन आह्वान पनि गरे ।