देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डआतंककारी भएको भन्दै अमेरिकामा उजुरी (उजुरीसहित)

देशान्तर

काठमाडौं । श्रीमती सीता दाहालको उपचारका लागि भन्दै अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आतंककारी भन्दै अमेरिकाको संघीय अनुसन्धान व्युरोमा उजुरी परेको छ ।

अमेरिकाको फ्र्यांकफर्टमा रहेको केन्टुकी स्टेट युनिभर्सिटीमा अनुसन्धानरत तिलकबहादुर श्रेष्ठले बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोलाई एक पत्र लेखी उक्त उजुरी गरेका हुन् । उनले उजुरी पत्रमा लेखेका छन्, ‘परिचित आतंककारी प्रचण्ड भनिने पुष्पकमल दाहाल नेपालबाट यसै साता अमेरिका आउँदै छन् । यसअघि उनी अमेरिकाको आतंककारी सूचीमा समेत थिए । उनले गरेको द्वन्द्वमा १७ हजार गरिब नेपाली मारिएका थिए । उनी जोन हप्किन्स अस्पतालमा उनकी श्रीमतीको उपचारका निम्ति आउँदै छन् ।’

उजुरी पत्रमा आतंकवादप्रतिको अमेरिकी अडान, अमेरिकी नैतिक मूल्य मान्यता, आतंकवादबारे आन्तरिक र अन्तर्राष्ट्रिय मान्यताबारे विचार गर्न पनि अनुरोध गरिएको छ ।