देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामी कांग्रेसलाई घाटमा पुर्याउन दिँदैनौँ

देशान्तर

यो अवस्थामा कांग्रेसको कसरी संगठन विस्तार हुन सक्छ । अब सभापतिलाई आफ्ना गल्ती सच्याउन अन्तिम विकल्प मात्र छ । कि उहाँ सच्चिएर आउनु प¥र्यो हैन भने कांग्रेसको विषयमा आमकार्यकर्ता मिलेर एउटा निर्णयमा पुगेर कांग्रेसलाई बचाउन आवश्यक भइसकेको छ । आगामी १४औं महाधिवेशनसम्म कुर्न सकिने अवस्था अब रहेन ।

भोलिको कांग्रेस केन्द्रीय समितिको बैठक स ंस्थापन इतर पक्षले बहिष्कार गर्ने चर्चासमेत सुनिएको छ, कांग्रेसभित्र यस्ता विवादको अन्त्य कहिले होला ?

यो विषय नेताहरूको विवेकमा भरपर्ने कुरा हो । मेरो भनाइ यतिमात्र हो कि पार्टी, नेता र बैठक भनेको विधि र विधानअनुसार चल्नुपर्छ । कांग्रेसलाई विधि र विधानअनुसार नचलाएकै कारण अहिले यी समस्या आएका हुन् । पार्टी नेतृत्व पार्टी सञ्चालनको पद्धति, यसअघि पार्टी सञ्चालनका विधि र पार्टीको विधानअनुसार चलेको भए कांग्रेसमा न विवाद आउथ्यो न त कांग्रेसको यो हविगत नै हुने थियो । कांग्रेसलाई यो हविगतमा पु¥याउने काम हामीजस्ता इमानदार र सक्रिय कार्यकताबाट भएको होइन, पार्टी चलाउने नेतृत्वबाट भएको हो ।

त्यसकारण सिंगो कांग्रेसको यो अवस्थाका विषयमा, काग्रेसले देश र जनताका लागि अहिले तत्कालै गर्नुपर्ने विषयमा नेतृत्वले सोच्नुपर्ने हो । तर, नेतृत्वले यो विषयमा सोचेको छैन । नेपाली कांग्रेसको इतिहासमा अहिलेसम्म पार्टीको नेतृत्व सम्हालेका पूर्वजहरूको इतिहास लेखेको कलमले अहिलेको नेतृत्वको इतिहास लेखिँदा भोलि मसी सुक्ने अवस्था नआओस् भन्ने मेरो र मजस्ता आम कार्यकर्ताको चाहना हो । तर, सुक्ने अवस्थातर्फ सभापति गइरहनु भएको छ । हाम्रो काँधले उहाँले गरेका गल्तीहरूलाई थेग्न सक्छ या सक्दैन त्यो म अहिले नै भन्न सक्दिनँ । योभन्दा अरू भोलिको केन्द्रीय समितिको बैठकका विषयमा मेरो अरू भन्नु केही पनि छैन ।

२००७ नेतृत्वदायी भूमिकामा रहेर निकास दि“दै आएको कांग्रेस अहिले हरायो भन्न थालिएको छ । यसको कारण के हो ?

हो, जव नेपाली कांग्रेसले तत्कालीन नेकपा माओबादीका अध्यक्ष दाहालको नेतृत्वमा सहमतिको सरकार बनायो । त्यसपछि कांग्रेसका महत्वपूर्ण एजेन्डाहरू हराउँदै गए । प्रहरी महानिरीक्षक नियुक्तिका विषय हुन वा सुशीला कार्की माथिको महाअभियोग जस्ता विषय हुन् । यसमा कांग्रेसको निर्णय असफल भयो । स्थानीय तहको निर्वाचनमा काग्रेसले जसरी नेकपा माओवादीलाई सघाएको थियो त्योअनुसार माओवादीले कांग्रेसलाई साथ दिएन र चितवन महानगरपालिकाको घटनाले पनि कांग्रेसका कार्यकर्तामा ठूलो विचलन ल्यायो । यस्ता धेरै विषयहरू छन् जुन नेतृत्वले गरेका कमजोरीका कारण कार्यकर्ताहरूले कांग्रेस भनेर हिँड्ने अवस्थासम्म पनि रहेन ।

यी विषय पार्टीका कमजोरी थिए । काम गर्दा कहिलेकाहीँ कमी कमजोरीहरू हुन्छन् । त्यसलाई सच्याउन सकियो भने त्यसले खासै ठूलो क्षति पु¥याउँदैन । तर, कांग्रेसको नेतृत्व तहबाट यस्ता विषयहरू सच्याउने त कुरै छाडौं आत्मा आलोचना गर्ने कामसम्म पनि भएन । दोस्रो कारण भनेको पार्टीको विधि र विधानअनुसार नेतृत्व चलेको भए अहिले पनि नेपाली कांग्रेस राष्ट्रियताका सवालमा नेतृत्व दायी भूमिकामै हुने थियो । तर, नेपाली कांग्रेस विधिले चलेन ।

विधिसम्मत, नीति सम्मत र विधानसम्मत नचली नेतृत्व मनोगत ढंगले चलेका कारण नेपाली कांग्रेसको यो हविगत भएको हो । अहिले आएर पार्टीकै विधानका विषयले ठूलो रूप लिइसकेको छ । महासमितिको बैठक पछि पार्टी अब सिस्टममा जान्छ भन्ने आम कार्यकर्तासहित आम नेपाली जनताको ठूलो अपक्षा थियो कांग्रेसप्रति । तर, त्यो अहिले हराएर गएको छ ।

भोलिको केन्द्रीय समितिको बैठकमा अहिले विवादको विषय बनेको विधानबाट हटाइएका विषयमा कस्तो सहमति गर्दा अहिले देखिएको विवादको समाधान हुन सक्ला ?

नेतृत्वले आफ्नो अहम्लाई त्यागेर म सबैको हुन सके भने मात्रै मैले भनेका वा गर्न खोजेका विषयहरू पनि सबैका साझा हुन सक्छन् भनेर बुझ्न आवश्यक भइसकेको छ । अब यो ढंगले सिंगो नेपाली कांग्रेस चल्न सक्दैन र त्यो कांग्रेसको सभापति म पनि चल्न सक्दिनँ भन्ने कुरालाई पार्टी सभापतिले आत्मसात् गर्नुभयो भने अरू जो असन्तुष्ट पक्षका नेताहरू भनिएको छ उहाँहरूले पनि स्वतः सहमतिमा आउनै पर्छ । अर्को महत्वपूर्ण कुरा के हो भने पार्टीको महासमितिको बैठकले पारित गरेका विधानलाई केन्द्रीय समितिको बैठकले हटाउन सक्दैन ।

केन्द्रीय समितिले त अनुमोदन मात्र गर्ने हो । त्यसकारण महासमितिले दिएको म्यान्डेटअनुसार नै सहमति खोज्नुपर्छ । महासमितिको बैठक समापन गर्दा नेताहरूले जसरी हात उठाएर सहमति गर्नु भएको थियो, त्यसरी नै अहिले पनि सहमति गरेर अगाडि जानुपर्छ । त्यो समयमा हामीले बडा मुस्किलले नेताहरूमा एउटा सहमति गराएका थियौं । त्यो सहमतिलाई फेरि नेताहरूले सम्झनुपर्छ र पार्टीका खास एजेन्डा के हुन भन्ने विषयमा सोचेर अगाडि बढ्नुपर्छ ।

जहाँसम्म महासमितिले पारित गरेका दुई वटा विषयहरू छन्≤ केन्द्रीय प्रतिनिधिले पनि अबदेखि तल्लो तहबाट चुनाव जितेर आउनुपर्छ र कांग्रेसको आरक्षण कोटामा एक पटक परेको व्यक्तिलाई फेरि दोहो¥याउनु नहुने विषयलाई फेरि केन्द्रीय समितिको बैठकले सच्याउनुपर्छ भन्ने हाम्रो माग हो । यो विषयमा अहिले हामी सबै सभापतिहरू एक ठाउँमा छौं ।

संगठन कसरी निर्माण गर्ने भन्ने सबैभन्दा धेरै दायित्व जिल्ला सभापतिहरूको पनि हो । तर, हामीले तल्लो तहका नेता र कार्यकर्ताले भनेको विषयमा केन्द्रीय समितिबाट अर्को निर्णय भएर आउँछ भने भोलि हामीलाई पनि जिल्लामा पार्टीका संगठनहरू विस्तार गर्न समस्या आउँछ । यो विषयलाई पार्टी नेतृत्व र शीर्ष तहका नेताहरूले बुझेर समाधान निकाल्नु हुन्छ भन्ने मलाई लागेको छ ।

तर, जिल्ला सभापतिहरूले पनि पार्टीको संगठन विस्तारतिरभन्दा पनि केन्द्रीय समितिको विवादतिर बढी ध्यान दिए भन्ने आरोप पनि शीर्ष तहबाट आइरहेको छ नि ?

अहिले कांग्रेसको यो अवस्था जिल्ला सभापतिहरूको कारणले मात्रै आएको हैन । जिल्ला सभापतिहरूबाट पनि विगतमा कहीँ कतैबाट केही गल्तीहरू नभएका होइनन् । यो विषयलाई स्वीकार गरेर नै जिल्ला सभापतिहरूले तत्लो तहका कार्यकर्ताको यस्तो माग छ । माथि केन्द्रको वरिपरि घुमिरहनेहरूले चाहिँ त्यो समानुपातिक होस् कि केन्द्रीय प्रतिनिधि होस् ।

उसले पटकपटक अवसर पाइराख्ने तर, तल्लो तहमा दिनरात पार्टीको लागि भनेर खटिएर बसेको एउटा कार्यकर्ताको विषयमा कहिल्यै पनि नसोचिने र उसले अवसर पनि नपाउने जस्ता समस्याबाट पार्टीलाई माथि उकास्नका लागि यो विषय महासमितिमा उठाइएको हो । विधान मस्यौदा समितिले पनि विधानको मस्यौदामा सुझाव लिन जाँदा यी आवाजहरूलाई सुनेर नै पार्टीको संशोधित विधानमा समावेश गराएको हो । तर, अहिले आएर नेतृत्व तहले मनोमानी गर्ने काम गरिरहेको छ यो गर्न मिल्दैन । यसले पार्टीको संगठनलाई नै ध्वस्त बनाउँछ ।

अर्कोतर्फ केन्द्रमा बसेका नेताहरूले तल्लो तहको कार्यकर्तालाई जहिले पनि दास बनाएर मात्र राख्ने पुरानो सोचलाई हटाउन सकेको छ । अब यो सोचबाट माथि उठ्न नसक्ने व्यक्ति कांग्रेसको नेता बन्न सक्दैन । एकपटक केन्द्रीय समितिमा पुगेपछि कार्यकर्ता चिन्दै नचिन्ने । आफनो गाउँ र निर्वाचन क्षेत्रमा जाँदै नजाने अनि केन्द्रमा बसेर ठूलो भाग खोज्ने नेताहरूलाई अहिले कार्यकर्ताले हाम्रो नेता भनेर मान्ने अवस्था छैन ।

त्यसकारण माथिल्लो तहमा बसेका नेताहरू पनि गाउँमा जाऊन् र कार्यकर्तासँग घुलमिल होऊन् भनेर तत्लो तहबाटै निर्वाचित भएर आउनुपर्छ भन्ने विषयलाई महासमितिले पारित गरेको हो । आफ्नो गाउँमा जानै नसक्ने । गाउँ जाँदा हारिन्छ कि भन्ने । कार्यकर्ताले नचिन्ने हुन् कि भन्ने सोच राखेको मान्छेले अब राजनीति किन गर्ने ? उहाँहरूले राजनीति नगर्दा नै पार्टी बढी हित हुने परिस्थिति पछिल्लो समय देखिन थालेको छ ।

महासमितिको बैठकपछि नेपाली कांग्रेसको विधान दक्षिण एसिमामै सबैभन्दा उत्कृष्ट भनी अरू दलका नेताहरूले पनि भनेका थिए । तर, त्यही विधानमा उठेको विवादका कारण अहिले कांग्रेसले अ“गालेको लोकतान्त्रिक पद्धतिमा कांगे्रस माथि नै प्रश्न उठाउन थलिएको छ नि ?

समावेशी सिद्धान्तका आधारमा नेपाली कांग्रेसको अहिलेको विधान नेपालका राजनीतिक दलहरूलाई मात्र नभएर विश्वका प्रजातान्त्रिक मुलुकहरूका लागि पनि एक उदाहरणीय नै छ भन्दा फरक पर्दैन । तर, विधान मात्रै सर्वोत्कृष्ट भएर भएन । त्यसको कार्यान्वयन र पालना पनि हुनुप¥यो । पार्टीको विधानलाई कार्यान्वयनमा लाने र यसले भनेका कुराहरूलाई पालना नगरिएकै कारण अहिले यति लामो समयदेखि प्रजातन्त्रका लागि लड्दै देशमा भएका ठूला राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसको यो हविगत भएको हो र कांग्रेसको सिद्धान्तमाथि नै बाहिरबाट प्रश्नहरू उठ्न थालेका हुन् ।

अहिले विधानकै विषयलाई लिएर नेपाली कांग्रेस जसरी तरंगित भएको छ । यसरी यो विषयलाई सभापतिले तरंगित बनाउनु हुने थिएन । पार्टीको विधान जस्तो विषयमा बहुमतबाट निर्णय गराउनु भनेको सामान्यभन्दा पनि सामान्य राजनीतिक बुझेको मान्छेलाई पनि चित्त नबुझ्ने कुरा हो । यो हाम्रो आन्तरिक कुरा हुँदाहुँदै पनि हामी अहिले अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छांै । यसलाई समाधान गर्ने कुरामा अरूको भन्दा धेरै हात सभापतिको नै हुन्छ । अरूले गुटको राजनीति गरे पनि कम्तीमा सभापतिले आफ्नो गुट बनाएर पार्टीलाई एकातिर छाडिदिने र आफ्नो गुटलाई मात्र लिएर हिँड्ने काम गर्नु हुने थिएन । यो यसैको परिणाम हो ।

तर, पार्टी सभापतिले त आफू विधानअनुसार चल्दा पनि अरूले गुट खडा गरिदिएकाले पार्टीको कामै गर्न पाइन भनिरहनु भएको छ । यो विधानको विवाद कसरी सुल्झन्छ ?

सभापतिजीले के भन्नुभयो त्यो उहाँको कुरा हो । म पार्टीको सक्रिय कार्यकताको हैसियतको उहाँको विषयमा टिप्पणी गर्न पनि चाहान्न । तर, जे भइरहेको छ राम्रो भइरहेको छैन । सभापतिलाई राम्रो लाग्दैमा पार्टी राम्रो भएर जाने र नराम्रो लाग्दैमा नराम्रै भएर जाने पनि होइन । मूल कुरा भनेको विधि र विधान हो । उहाँले विधि र विधानअनुसार पार्टीलाई अगाडि लान सक्नुभएन ।

पार्टीको विधान जस्तो विषयलाई सर्वसम्मतिले पारित गराएर अगाडि बढाउन चाहनु भएन । र, अझै पनि उहाँले आफ्नो यो चरित्रमा सुधार ल्याउन भएन भने कांग्रेसलाई त भड्खालोमा जाक्नु भो जाक्नु भो । भोलि आफू पनि कहाँ पुगेर जाकिनु हुने हो हामीजस्ता कार्यकर्ताहरू यसै भन्न सक्ने अवस्थामा छैनौं । महासमितिभन्दा ठूलो केन्द्रीय समिति हुँदैन । महासमितिले पारित गरेका विषयलाई जस्ताको त्यस्तै सर्वसम्मतिबाट पारित गराउन सक्नुभयो भयो कांग्रेसको अहिले विवाद चाहिँ सकिन्छ ।

अहिले उहाँले बहुमतकै अडान लिएर अगाडि बढ्न खोज्नुभयो भने भोलि अर्को महासमितिको बैठक बलाउनुपर्ने बाध्यता पनि आउन सक्छ वा महाधिवेशन बाँकी नै छ त्यहाँ पनि महासमितिका सदस्यहरू आउँछन् त्यसमा छलफल होला । तर, यो विषयलाई त्यहाँसम्म पु¥याइयो भने कांग्रेसलाई धेरै ठूलो घाटा हुन्छ । यो जोखिमबाट कांग्रेसलाई बचाउन विशेष महाधिवेशनमा जानुपर्ने हुन्छ ।

तपाईंले विशेष महाधिवेशन र महासमिति केन्द्रीय समितिभन्दा माथि हो त भन्नुभयो । तर, अहिले त केन्द्रीय समितिले नै महासमितिको औचित्य समाप्त गरिएको छैन र ?

मैले सुरुदेखि मुख्य जोड दिएको विषय नै यही हो कि विधि र विधान विपरीत पार्टीको नेतृत्व चल्दा कांग्रेस यो अवस्थामा पुगेको हो । महासमिति भनेको नेपाली कांग्रेसको संसद् हो । कांग्रेसलाई कसरी अगाडि बढाउनेभन्ने व्यवस्था मिलाउने व्यवस्थापिका हो । त्यसले पारित गरेको विषयलाई केन्द्रीय समितिले उल्टाउन मिल्दैन । त्यसमा पनि तलबाटै निर्वाचित र समानुपातिकको विषय ७७ वटै जिल्लाबाट आएको हो ।

७७ जिल्लाबाट आएको प्रस्तावलाई केन्द्रीय समितिमा सहमति नभइकन सभापतिको चाहनाअनुसार उल्टाएर अर्को निर्णय गर्न मिल्छ ? विधि र विधानअनुसार नमिल्ने भएकाले हामीले पार्टीका आदरणीय सभापति माथि पनि प्रश्न उठाउनु परेको हो । यस्तो स्वच्छाचारीले कांग्रेसमा राम्रो परिणाम ल्याउँदैन । यो प्रक्रिया नै गलत भयो । त्यसकारण अब यसरी पार्टीलाई चल्न दिनु हुँदैन । सभापतिलाई गल्ती सुधार गर्ने इच्छा छैन भने एउटै विकल्प भनेको विशेष महाधिवेशन नै हो ।

तपाईंले भने जस्तो विशेष महाधिवेशनका लागि तपाईंहरूस“ग बहुमत पुग्छ ?

हामी अहिले पनि वैधानिक प्रक्रियाबाटै जाने कुरा गरिरहेका छौं । वैधानिक प्रक्रियाबाट सभापतिले सबैलाई लिएर पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्छ भन्ने हाम्रो पहिलो भनाइ हो । तर, सभापतिले आफ्नो बाटो नछाड्ने, कांग्रेसको बदनामी भएको भएै हुने, कार्यकर्तालाई कांग्रेस भनेर हिँड्न सक्ने अवस्थामा पार्टीलाई नराखिदिने हो भने हामी अर्को विकल्पमा जान्छांै भनेका हौं र जान्छौं पनि । नेपाली कांग्रेसको इतिहासको कालखण्डमा यो विशेष महाधिवेशनको विषय पनि लेखिनेछ ।

अब विशेष महाधिवेशनमा जाने विषयमा बहुमत पुग्छ वा अल्पमत हुन्छ भन्ने हाम्रो विषय हैन । समयले जे देखाउँछ त्यही हुनेछ । तर, यति लामो र गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेसलाई हामी जीवित अवस्थामै घाटमा पु¥याउन दिँदैनौ । पार्टीलाई होल्ड गरेर साँच्चै देश र जनताले चाहेको कांग्रेस पार्टी बनाएरै छाड्छौं । कसैले भ्रम नपाले हुन्छ यो पार्टीलाई जीवन्तता दिन र बचाउनका लागि अब हामी जुनसुकै कदम उठाउन पनि तयार भइसकेका छांै ।

अहिले समस्या सभापतिको वरपर बसेकाहरूबाट भइरहेको छ भन्ने कुराहरू आएका छन् । उनीहरू तलबाटै चुनाव जित्नै नसक्ने भएर हो कि डराएका ?

केन्द्रमा बसेको नेतालाई कस्ले हराउँछ । कार्यकर्ताहरू केन्द्रीय नेता हाम्रो गाउँमा आयो भनेर झन् खुसी हुन्छन् । जसरी हुन्छ गाउँ गएको नेतालाई जिताएर पठाउँछन् । पार्टीको एउटा केन्द्रीय स्तरको नेता बनाउनका लागि त्यो पार्टी र कार्यकर्ताहरूले कति दुःख गर्नुपर्छ । पार्टीको कति लगानी परेको हुन्छ ? त्यसकारण कुनै पनि कार्यकर्ताले यस्ता नेताहरूलाई हराउँदैनन् ।

कार्यकर्तालाई संरक्षण चाहिँदैन ? नेता भएन भने कार्यकर्ता कसरी हुन्छ । अहिले त नेताहरूले कार्यकर्तालाई दासै सझिएकाले पो केही ठाउँमा त्यस्तो भएको हो । नेता गाउँमा आउन । कार्यकर्तालाई माया गरून् सधैंभरि दासको रूपमा मात्र नहेरून् भन्नका लागि गाउँ तहबाट चुनाव लडेर आउ भनिएको हो । अब कार्यकर्तालाई भेट्नै नदिने, कार्यकर्तालाई कार्यकर्ता नै नमान्ने, गाउँको अनुहार नै हे¥यो भने मेरो स्तर खस्किन्छ भन्ने नेताहरूले किन राजनीति गर्ने ? म राजनीति गर्छु भन्ने केन्द्रीय तहको नेतालाई कुनै पनि कार्यकर्ताले हराउन चाहँदैन ।

सरकारले यो हविगत देखाइरहेको अवस्था जनताले फेरि कांग्रेसको अभाव महसुस गरेको थिए । अब ती जनताको अगाडि कसरी जानुहुन्छ ?

अहिले मलाई मात्र होइन नेपाली कांग्रेसका धेरै नेताहरूलाई यो समस्या छ । महासमितिको बैठक अघि मरेको आशा फेरि जागेको थियो । तर, अहिले त्यो आशा पनि आम कार्यकर्तामा मात्र हैन आम जनताले मारिसकेका छन् । यो अवस्थामा हामीलाई गाउँमा गएर संगठन गर्न निकै गाह्रो परिरहेको छ । महासमिति पछि हामी पनि एक खालको मिसन लिएर जिल्लालिल्लामा जाँदा छुट्टै खालको कांग्रेसप्रति रौनक बढेको पनि थियो ।

अहिले कम्युनिस्ट सरकारले मनोमानी ढंगबाट सरकार चलाइरहेको अवस्थामा, सरकारले लिएका नीति कार्यक्रमले जनता आजित भएको अवस्थामा कांग्रेस एकजुट भएर सरकारका गलत कामको खबरदारी गर्नुपर्ने थियो । तर, प्रमुख प्रतिपक्ष दलका नेता कहिल्यै संसद्मा गएको देखिँदैन । सरकारलाई खबरदारी गरेको छैन । कहिलेकाहीँ कांग्रेस भ्रातृ र शुभेच्छुक संघसंस्थाहरू सडकमा उत्रिएर कांग्रेसको साख जोगाउने गर्थे । उनीहरूको संगठन सबै लथालिंग बनाइएको छ ।

अहिले देशमा सरकार र विखण्डनकारीहरूबीच भएको सहमतिमा विभिन्न आशंकाहरू व्यक्त भइरहेका छन् । यसमा कांग्रेसको रोल के हो ? कांग्रेसको धारणा के हो भन्ने कुरा यतिका दिन बितिसक्दा पनि औपचारिक रूपमा आएको छैन । यो अवस्थामा कांग्रेसको कसरी संगठन विस्तार हुन सक्छ । अब सभापतिलाई आफ्ना गल्ती सच्याउन अन्तिम विकल्प मात्र छ । कि उहाँ सच्चिएर आउनु प¥र्यो हैन भने कांग्रेसको विषयमा आमकार्यकर्ता मिलेर एउटा निर्णयमा पुगेर कांग्रेसलाई बचाउन आवश्यक भइसकेको छ । आगामी १४औं महाधिवेशनसम्म कुर्न सकिने अवस्था अब रहेन ।