देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा ‘सुपर डेलिगेटस्’को आवश्यकता र औचित्य

देशान्तर

हालसालै सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय कार्य समितिका पदाधिकारिहरू एवं सदस्यहरू वडा तहबाट नै क्षेत्रीय अधिवेशन प्रतिनिधि निर्वाचन वा सर्वसम्मतिको माध्यमबाट चयन भएर आउनुपर्दछ, समानुपातिक तर्फबाट एक पटक मात्र सांसद बन्न सक्ने व्यवस्था हुनुपर्दछ र समावेशी कोटा (भौगोलिक समावेशी, सामुदायिक समावेशी, लैंगिक समावेशी, धर्ममा आधारित समावेशीलगायतका समावेशी समूह) तर्फबाट केन्द्रीय कार्य समितिमा ‘एक व्यक्ति एक पद एक पटक’को लागि मात्र (निर्वाचित वा मनोनीत पदहरूमा) हुने व्यवस्था विधानमा नै हुनु पर्दछ भन्ने विषयहरूमा अधिकांश जिल्ला सभापतिहरू र महासमिति सदस्यहरूले आºनो धारणाहरू राख्नुभयो ।

साथै महासमितिको बैठकमा विधानअनुसार पार्टी सञ्चालन हुनुपर्दछ, संगठनभित्रका नेताहरू मिलेर संगठनलाई गतिशील तुल्याउनु पर्दछ, पार्टीमा गुट उपगुट हुनु हँुदैन, सबै कार्यकर्ताहरूलाई राजनीतिक न्याय र राजनीतिक सुरक्षा हुनु पर्दछ, राष्ट्रियसभाबाट सांसद एक पटक मात्र हुन पाउने व्यवस्था हुनुपर्दछ, प्रतिनिधि सभा÷प्रदेश सभा÷राष्ट्रिय सभामा एक पटक प्रत्यक्ष वा समानुपातिक सांसद भएको व्यक्ति वा एक पटक कुनै पनि संसदको सांसद भइसकेको व्यक्ति पुनः समानुपातिक सांसद बन्न नपाउने भए ।

प्रतिनिधि सभा÷प्रदेश सभामा प्रत्यक्ष वा समानुपातिक सांसद भइसकेको व्यक्ति राष्ट्रियसभामा सांसद हुन नपाउने व्यवस्था विधानमा हुनु पर्दछ, अवसरहरूको समान र न्यायपूर्ण तरिकाले वितरण हुनु पर्दछ, कसैलाई काखा र कसैलाई पाखा गर्नु हँुदैन भन्ने धारणाहरू पनि अधिकांश महासमिति सदस्यहरूबाट सो बैठकमा प्रस्तुत भयो । यसैगरी कम्युनिस्ट अधिनायकवाद, जातीय अतिवाद, नश्लवाद र क्षेत्रस्ीय अतिवादसँग संघर्ष गर्नुपर्दछ भन्ने धारणाहरू पनि आयो ।

हिन्दु राष्ट्र, धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा पनि धारणाहरू महासमितिको बैठकमा आयो । राज्यको पुनर्संरचनासँगसँगै संगठनको संरचना कस्तो निर्माण गर्ने र विधानमा अन्य के के विषयहरूमा संशोधन गर्ने भन्ने विषयमा पनि महासमितिको बैठकमा गम्भीर छलफल भयो ।

नेपाली कांग्रेसको महासमितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव दुई प्रकारबाट आउन सक्ने वैधानिक प्रावधान छ । पहिलो, केन्द्रीय कार्य समितिको तर्फबाट महासमितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत हुन सक्दछ । दोस्रो, महासमिति सदस्यहरूमध्ये २५ प्रतिशत महासमिति सदस्यहरूले संयुक्त हस्ताक्षर गरेर विधान संशोधनसम्बन्धी प्रस्ताव महासमितिको बैठकमा प्रस्तुत हुन सक्दछ । महासमितिको बैठकमा प्रस्तुत भएको विधान संशोधनसम्बन्धी प्रस्ताव महासमिति सदस्यहरूको बैठकबाट या त सर्वसम्मतरूपले या त दुई तिहाइ बहुमत महासमिति सदस्यहरूले अनुमोदन गरेपछि मात्र पास हुने वैधानिक व्यवस्था छ । महासमितिको बैठकले आºनो अधिकार केन्द्रीय कार्य समितिलाई प्रत्यायोजन गर्न सक्दछ ।

महासमिति बैठकको समापन सत्रमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नुभयो र महासमितिको बैठकमा आएका सुझावहरूलाई समावेश गर्ने गरी केन्द्रीय कार्य समितिको बैठकमा छलफल गरी पास गर्ने गरी विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रस्ताव, आर्थिक नीतिसम्बन्धी प्रस्ताव र सांगठनिक प्रस्तावलगायतका प्रस्तावहरू महासमितिको बैठकबाट सर्वसम्मतिले पास भयो ।

केन्द्रीय कार्य समितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव र राजनीतिक प्रस्तावमा केही पदाधिकारी र सदस्यहरूको फरक मत रहेकोले फरक मत हुनेले माइन्युट बुकमा निर्णय लेखिएसँगै सोको तल आºनो फरक मत लेख्ने गरी केन्द्रीय कार्य समितिमा महासमितिको बैठकमा पेस गरेको विधान र राजनीतिक प्रस्ताव ८५ प्रतिशतभन्दा बढी केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बहुमतबाट पास भयो । अन्य प्रस्तावहरू सर्वसम्मतिले नै पास भयो । नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म भर्खरै केन्द्रीय कार्य समितिको बैठकबाट पास भएको विधान नै लागू हुन्छ । यसमा केन्द्रीय समितिको केही पदाधिकारी र सदस्यहरूले फरक मत लेख्नु भएको छ ।

नेपाली कांग्रेसभित्र इमानदार मानिसहरू, लोकतन्त्रको लागि लामो समय संघर्ष गरेर जेल वा प्रवासमा बस्नु भएकाहरू, पार्टीमा निरन्तर काम गरिरहेका तर आर्थिक हैसियत कमजोर भएकाहरू, स्वाभिमानीपूर्वक पार्टीभित्र आºनो प्रष्ट आवाज र स्पष्ट धारणा राख्नेहरू, प्रभावशाली नेताहरूको नाता र कृपामा नपरेकाहरू, आर्थिक हैसियत उच्च नभएकाहरू र अन्य विविध विषय र तरिकाबाट प्रभावित तुल्याउन नसक्ने राजनीतिक व्यक्तिहरू विस्तारै विस्तारै संगठनभित्रै पाखा लाग्दै जान थाले भन्ने गम्भीर चिन्ताको विषयमा आज देशभरि कार्यकर्ता पंक्तिमा अत्यन्त ज्वलन्त र गम्भीर बहस भइरहेको छ ।

यसैगरी, नेपाली कांग्रेसको मुख्य आधारको रूपमा रहेको ‘क्रियाशील सदस्य’को वितरण गर्दा पार्टीको आदर्श, सिद्धान्त, विचार, आस्था, नीति र विधानको बारेमा सूक्ष्म ढंगले बुझाएर वितरण गर्नुपर्नेमा अधिकांश ‘क्रियाशील सदस्य’को वितरणमा अन्यथा भएको भन्ने बहस रहेको छ । ‘क्रियाशील सदस्य’ भनेको पार्टीको आदर्श, सिद्धान्त, विचार र नीतिलाई राम्रोसँग आफूले बुझेर अरूलाई पनि बुझाउन सक्ने र सोअनुसारको कार्य दक्षसँग गर्न सक्ने व्यक्ति हुनुपर्दछ । र, साथै पार्टीको आदर्श र सिद्धान्तप्रति आस्थावान् रहेर जस्तोसुकै दुःख पनि झेल्न तयार रहने तथा पार्टीको सिद्धान्त, विचार र नीतिको लागि सहिदसम्म हुनको लागि तयार रहने व्यक्ति नै ‘क्रियाशील सदस्य’को प्रमुख हकदार हुनु पर्दछ ।

तर विडम्बना यो छ कि ‘क्रियाशील सदस्य’ वितरण गर्दा आफू, आºना मान्छे र आºना प्रतिस्पर्धीलाई हेरेर वितरण गरिन्छ भन्ने व्यापक गुनासो विगतदेखि सुनिने गरिन्छ । अधिकांश ठाउँमा कसैले कसैलाई ‘क्रियाशील सदस्य’ वितरण गर्दा न त पार्टीको आदर्श, सिद्धान्त, विचार, नीति र विधानको बारेमा सम्झाएर बुझाएर नै वितरण गरियो, न त कसैले कसैबाट ‘क्रियाशील सदस्य’ लिँदा पनि ग्रहण गर्ने व्यक्तिले पार्टीको आदर्श, सिद्धान्त, विचार, नीति र विधानको विषयमा राम्ररी सम्झिएर बुझेर नै लिए ।

‘क्रियाशील सदस्य’ ले नै पार्टीको बुथ समिति, वडा समितिदेखि केन्द्रीय समितिसम्मको संरचनामा र यसमा रहने नेतृत्व र सदस्यहरूको भविष्य, चुनावमा पार्टीको जितहार, पार्टीभित्रको राजनीतिक व्यक्तिहरूको राजनीतिक भविष्य निर्धारण गर्दछ र अन्ततः पार्टीको भविष्य माथि नै यसको गम्भीर प्रत्यक्ष प्रभाव पर्दछ । कतैकतैको चुनावमा पार्टीको उम्मेदवारलाई कुनै वडामा त्यहाँ रहेका ‘क्रियाशील सदस्य’हरूको संख्याभन्दा पनि कम भोट आयो भन्ने गुनासो पार्टीभित्र व्यापकरूपमा रहेको छ । यस प्रकारका ‘क्रियाशील सदस्य’को कुनै अर्थ छैन र यसले पार्टीलाई नोक्सान गर्दछ ।

यसर्थ, ‘क्रियाशील सदस्य’ को हकदार को ? ‘क्रियाशील सदस्य’ को वितरणको मापदण्ड के बनाउने ? ‘क्रियाशील सदस्य’ को वितरण प्रक्रिया कस्तो निर्माण गर्ने ? ‘क्रियाशील सदस्य’ को काम, कर्तव्य र अधिकारलाई कसरी व्यवस्थित तुल्याउने ? यसको विषयमा गम्भीर बहस हुनुपर्दछ भन्ने आवाज देशभरिको नेपाली कांग्रेसको वृत्तमा गम्भीर र व्यापकरूपमा उठेको देखिन्छ ।

नेपाली कांग्रेसमा उमेरको हद तोक्नु पर्दछ र उमेरको हद तोक्नु हुँदैन भन्ने विषयमा गम्भीर बहस चलेको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनको समयदेखि नै पार्टीको लागि निरन्तर काम गरिरहेका मानिसहरू जसले आजसम्म पार्टीबाट कुनै लाभ प्राप्त गरेका छैनन् तर उहाँहरू जीवनपर्यन्त पार्टीको हितमा काम गर्छु भन्नुहुन्छ, उहाँहरूको विषयमा पार्टीले सोच्ने कि नसोच्ने ? उहाँहरूको भनाइमा राजनीतिमा पनि उमेरको हद हुन्छ र ? यो खुल्ला र गम्भीर बहसको विषय हुन सक्दछ । नेपाली कांग्रेस सत्तामा हुँदा राजनीतिक नियुक्ति लिन, ठेक्का लिन, सरुवाबढुवाको लाभ लिन र अनेक आर्थिक र व्यक्तिगत फाइदा लिनको लागि तथा सुविधाजनक राजनीति गर्ने वातावरण हुँदा धेरै मानिसहरू नेपाली कांग्रेसमा प्रवेश भए होलान् ।

तर, देशमा लोकतन्त्रको लागि संघर्ष गर्दा जेल जानुपर्ने समयमा, प्रवासमा जानुपर्ने समयमा, सर्वस्वसहित जन्मकैदको सजायसम्म हुने समयमा र फाँसीको सजायसम्म पाउन सक्ने सम्भावना जीवितै रहेको समयमा पनि पार्टीको सिद्धान्त, विचार र आस्थाप्रति समर्पित भएर पार्टीको कार्यमा निरन्तर लागिरहेका राजनीतिक व्यक्तिहरूको पार्टीले मूल्यांकन गर्ने कि नगर्ने ? निरंकुश राणाशासनको समय तथा एकदलीय निरंकुश पञ्चायती व्यवस्था विरुद्धमा आवाज उठाएर नेपाली कांग्रेस पार्टीको आह्वानमा सहिद हुनुभएका महान् सहिदहरूको परिवारजनप्रति पार्टीको पूर्ण जवाफदेहिता छ, रहनु पर्दछ र रहनेछ भन्ने विश्वासको वातावरण तयार गर्नु पर्दछ ।

नेपालका तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र हिंसात्मक द्वन्द्वकालीन समयमा माओवादीले र तराईका सशस्त्र समूहहरूले हिंसात्मक तरिकाले मारेका नेपाली कांग्रेसका कार्यकर्ताको परिवारजनप्रति नेपाली कांग्रेसको नैतिक कर्तव्य रहन्छ । यसैगरी, नेपालका तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र हिंसात्मक द्वन्द्वकालीन समयमा माओवादीले र तराईका सशस्त्र समूहहरूले हिंसात्मक तरिकाले अंगभंंग बनाएका र गम्भीर घाइते बनाएका घाइतेहरूप्रति पनि नेपाली कांग्रेसको नैतिक कर्तव्य रहन्छ ।

यसर्थ, सहिद परिवारका सदस्यहरूलाई र सशस्त्र हिंसात्मक द्वन्द्वकालीन समयमा अंगभंग भएकाहरूलाई निराश हुन नदिएर पार्टीभित्र कसरी अवसरहरू सिर्जना गर्ने भन्ने विषयमा देशभरि व्यापक बहस हुनु आवश्यक छ । यस प्रकारका गम्भीर र तथ्यपरक बहसहरूले तार्किक निष्कर्ष र सकारात्मक परिणामहरूको जन्म दिन्छ ।

नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । यसले अहिंसात्मक र शान्तिपुर्ण राजनीतिमा विश्वास गर्दछ । बहुलवादमा आधारित बहुदलीय संसदीय राजनीतिक प्रणालीमा विश्वास गर्ने भएकोले विधिको शासन र शान्तिपूर्ण शालिन प्रतिस्पर्धामा नेपाली कांग्रेसको विश्वास रहेको छ । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुन्छ । यसैगरी लोकतान्त्रिक पार्टीमा पनि बहुमत पक्ष (संस्थापन पक्ष) र अल्पमत पक्ष (फरक मत पक्ष) हुन्छ । लोकतान्त्रिक प्रक्रियामा प्रतिपक्ष र फरक मत पक्ष लोकतन्त्रको गहना हुन् । यसर्थ, लोकतान्त्रिक प्रणालीले सबैको शान्तिपूर्ण अस्तित्वलाई स्विकार गर्दछ ।

निरंकुशतावादी, अतिवादी र नश्लवादी राजनीतिले मात्रै अरूको अस्तित्व स्विकार गर्दैन । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले यसले संगठनभित्रका सबै मत र विचारलाई राजनीतिक रूपले स्विकार गर्दछ र यी भिन्न भिन्न मत र विचारहरूको राजनीतिक व्यवस्थापन गर्नु आवश्यक छ र हुन्छ । विधान र विवेकको प्रयोग सँगसँगै गर्दा नै लोकतान्त्रिक पद्धति बलियो र गतिशील हुन सक्दछन् ।

राजनीतिमा मात्र होइन, समाजका सबै क्षेत्रमा पुस्तान्तरण (जेनेरेसन ग्याप) हुन्छ । यो सत्य हो । समाजका सबै क्षेत्रमा पुस्तान्तरण (जेनेरेसन ग्याप) को प्रभाव पनि प्रष्ट देखिन्छ । यो पनि अर्को सत्य नै हो । समाजको गतिशील सिद्धान्तले नै समाज र राजनीतिक दलहरूलाई जीवन्त तुल्याएको हुन्छ । राजनीतिक दलहरूमा पनि विभिन्न उमेरसमूह वा पुुस्ता÷पुस्ताका मानिसहरू लागेका हुन्छन् । उमेरको आधारले नै कसैलाई राम्रो वा कसैलाई खराब भन्न मिल्दैन र भन्नु पनि हँुदैन ।

नयाँ पुस्तालाई पार्टीमा आकर्षित गरिएन भने पार्टी जीवन्त र गतिशील नहुन सक्दछ । यसैगरी पार्टीमा निरन्तर काम गरिरहेका पुराना पुस्तालाई पनि पार्टीभित्र सम्मानजनक वातावरण भएन भने पार्टी जीवित त रहला तर यसभित्रको राजनीतिक संस्कार, आदर्श र विचारको प्रकाशपुञ्ज धमिलिन सक्दछ । जसरी घर र समाजमा सबै पुस्ता र उमेरसमूहका मानिसहरू मिलेर बसेका हुन्छन्, त्यसैगरी पार्टीभित्र पनि सबै पुस्ता र उमेरसमूहका मानिसहरू मिलेर बस्ने राजनीतिक, वैधानिक, नैतिक र सामाजिक वातावरण निर्माण गर्नु पर्दछ । ‘पुराना पुस्तालाई सम्मानसहित पार्टीभित्र राजनीतिक निरन्तरता— नयाँ पुस्तालाई पार्टी भित्र न्यायपूर्ण अवसरको सुनिश्चित प्रतिबद्धता’ भयो भने पार्टी भित्र पुस्तान्तरण (जेनेरेसन ग्याप) को नकारात्मक प्रभाव कम हुन्छ ।

‘सुपर डेलिगेटस्को आवश्यकता किन ? कुनै पनि पार्टीको जीवन भनेको पार्टीको सिद्धान्त, आदर्श, विचार, नीति र विधानप्रति आस्थावान् पार्टीभित्रका राजनीतिक व्यक्तिहरू नै हुन् । सिद्धान्तमा आधारित राजनीति गर्ने राजनीतिक व्यक्तिहरूले नै पार्टीको आयु थपिरहेका हुन्छन्, उनीहरूले नै पार्टीको सिद्धान्तको ज्योर्तिमय दियोलाई आफ्नो रगत, पसिना, अटुट विश्वास, आस्था, आयु र योग्यताले नै अझ प्रज्वलित तुल्याउँछन् ।

यसैले पार्टीको ‘मुटु’ भनेको नै पार्टीभित्रको संगठनको सिद्धान्त, आदर्श, विचार, नीति र विधानप्रति आस्थावान् रहेका पार्टीका राजनीतिक व्यक्तिहरू नै हुन् । हामी हाम्रो शरीरको ‘मुटु’ लाई जोगाउन सुरक्षा र संरक्षणका अनेक उपायहरू अपनाउछौं र आफ्नो ‘मुटु’ लाई जोगाउँछौं किनकि ‘मुटु’ले काम गर्न छोड्यो भने शरीरको अन्य अंगले पनि काम गर्न छोड्छ । राजनीतिक दलको ‘मुटु’ भनेको नै संगठनभित्रको ‘राजनीतिक व्यक्ति’ हरू नै हुन् । पार्टीलाई जीवन्त तुल्याउन हामीले हाम्रो ‘मुटु’ लाई संरक्षण गरे जस्तै संगठनभित्रको ‘राजनीतिक व्यक्ति’हरूलाई संरक्षण र संवद्र्धन गर्न अत्यन्त आवश्यक हुन्छ ।

पार्टीभित्रको राजनीतिक दलको ‘मुटु’ संगठनभित्रको ‘राजनैतिक व्यक्ति’हरू संरक्षण र संवद्र्धन गर्दै संगठनलाई अझ बढी जीवन्त, न्यायपूर्ण र गतिशील तुल्याउनको लागि पनि ‘सुपर डेलिगेटस्को आवश्यकता भएको हो । यसले नातावाद, कृपावादलगायतका अन्य ‘अनावश्यक वादहरू’ बाट संगठनभित्रको ‘राजनीतिक व्यक्ति’हरूको इज्जत र अस्तित्वलाई जोगाउँछ । यसले पैसाको अनावश्यक चलखेलबाट पार्टीका ‘राजनीतिक व्यक्ति’ हरूलाई जोगाउँछ । यसले ‘पुस्तान्तरण’ को समस्याबाट ‘राजनीतिक व्यक्ति’हरूलाई केही हदसम्म समाधान दिन्छ ।

यसले संगठनको सिद्धान्त, आदर्श, विचार, नीति र विधानप्रति आस्थावान् रहेका पार्टीका ‘राजनीतिक व्यक्ति’ को ‘राजनीतिक भविष्य’ सुरक्षित र संरक्षित गर्दछ । यसले ‘राजनीतिक न्याय’ र ‘राजनीतिक सुरक्षा’को अनुभूति र विश्वासको वातावरण ‘राजनीतिक व्यक्तिहरू’मा तयार गर्दछ । यसले संगठनको सिद्धान्त, आदर्श, विचार, नीति र विधानलाई निरन्तरता दिँदै पार्टीलाई अझ बढी जीवन्त र गतिशील तुल्याउँछ । यसले पार्टीभित्रका पुराना ‘राजनीतिक व्यक्तिहरू’लाई पार्टीभित्र सम्मानसहित अवसरको निरन्तरता र नयाँ पुस्तालाई पार्टीमा न्यायपूर्ण राजनीतिक अवसर र राजनीतिक सुरक्षाको सुनिश्चित प्रतिबद्धता गर्न सक्दछ ।

जब जब नेपाली कांग्रेसभित्र केन्द्रीय महाधिवेशनको माहोलको सुरुआत हुन्छ, त्यसबेला कतिपय स्थानमा क्रियाशील सदस्य वितरणबाट नै झगडा सुरु हुन्छ । यो अत्यन्त दुःखद् पक्ष हो । अहिले नेपाली कांग्रेसभित्र केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य मात्र केन्द्रीय महाधिवेशन सम्म ‘सुपर डेलिगेटस्’ हुने प्रावधान छ, यो अत्यन्त सानो संख्याको ‘सुपर डेलिगेटस्’ हो । ‘सुपर डेलिगेटस्’ को संख्या बढाउनु पर्दछ र यसको दायरा अझ फराकिलो बनाउनुु पर्दछ । अझ जब वडा अधिवेशन सुरु हुन्छ, अनि देशभरि चर्चा सुरु हुन्छ कि फलानो मान्छे वडामा नै क्षेत्रीय अधिवेशनमा पराजित भयो, उसले नहारेको भए हुन्थ्यो । फलानो मान्छे क्षेत्रीय अधिवेशन प्रतिनिधि नजितेको भए हुन्थ्यो ।

फलानो मान्छेले पैसाको बलमा जित्यो । फलानो मान्छेले यति धेरै पैसा खर्च गरेर पनि हा¥यो, फलानो अर्को मान्छेले ऊभन्दा पनि धेरै खर्च गरेर जित्यो भन्ने खालका दुःखलाग्दो चर्चा देशभरि चल्न सक्दछ । पार्टीभित्र पैसाको चलखेल हावी हुन सक्दछ । फलानो चाहिँ फलानोको नातेदार भएकोले जित्यो । फलानोलाई फलानोको कृपा भएकोले जित्यो, नत्र उसले क्षेत्रीय अधिवेशन प्रतिनिधि हार्ने थियो । यस्तो प्रकारको दुःखलाग्दो चर्चा पनि चल्न सक्दछ । यसले नेपाली कांग्रेसभित्रका राजनीतिक मानिसहरूको मन दुख्छ । नेपाली कांग्रेसका कार्यकर्ताहरूको मात्र होइन, मतदाता र शुभेच्छुकहरूको पनि मन दुख्छ ।

एकछिन आँखा बन्द गरेर शान्त चित्तले आफैंले वडामा नै क्षेत्रीय अधिवेशन प्रतिनिधिको निर्वाचनमा आफैंले क्रियाशील दिएको व्यक्तिबाट वा पार्टीमा भर्खरै प्रवेश गरेको व्यक्तिबाट पराजित भएको परिकल्पना गरेर सोचौं त, कस्तो महसुुस हुन्छ ? एकछिन आँखा बन्द गरेर शान्त चित्तले आफैंले क्रियाशील सदस्य नपाएको वा आÏनो क्रियाशील सदस्यता नवीकरण नभएको क्षण परिकल्पना गरेर सोचौं त, कस्तो महसुस हुन्छ ? आफूलाई केन्द्रमा राखेर परिकल्पना गरेर सोच्दा अत्यन्त दुःख लाग्छ । हामीले सबैलाई आफूलाई जस्तै अत्यन्त दुःख लाग्छ भन्ने सोच्नु पर्दछ । अब यस्तो दुःखदायी वातावरण सिर्जना हुन नदिनको लागि विधानमा नै यो दुःखको कारणको निवारण हुने व्यवस्था गर्न सक्नुपर्दछ ।