देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता

देशान्तर

 

काठमाण्डौ – नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसैनले दुई देशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
दुवै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।

यो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति त्यही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ । एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुवै देशले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन् ।

यसबाट दुवै देशलाई फाइदा पुग्ने राजश्व सचिव घिमिरले बताए । उनले दुवै देशबाट लगानीका लागि वातावरण बनाउन पनि यो सम्झौताले सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन् । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई यो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ । बंगलादेशसँग दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो