देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केमसनको अध्यक्षमा पुनः सुरेश घिमिरे निर्वाचित

देशान्तर

काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)को अध्यक्षमा सुरेश घिमिरे दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

स्वास्थ्य उपचारका रसायन तथा मेडिकल उपकरण आपूर्तिकर्ताहरुको छाता सगंठन केमसनको शुक्रबार सम्पन्न १३ औँ वार्षिक साधारण सभामा भएको अधिवेशनमा सम्पूर्ण पदमा निर्विरोध र्निवाचित भएको केमसनका संचार तथा प्रचारप्रसार समिति संयोजक विनयराज सिग्देलले जानकारी दिए ।

घिमिरेको अध्क्षतामा नवगठित १३ मध्ये ९ सदस्यको कार्यसमितिमा निवर्तमान अध्यक्षमा भक्त हमालसहित प्रथम उपाध्यक्षमा कविराज पोखरेल रहेका छन् । त्यस्तै महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा अर्जुनकुमार रायमाझी र कोषाध्यक्षमा दिपक शर्मा र्निवाचित भएका छन् ।

यसैगरी केन्द्रिय सदस्यहरुमा पुण्यप्रसाद नेपाल, निर्मल रेग्मी र समिर मरहट्ठा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्र्षको रहने सिग्देलले बताए । संयोजक सिग्देलका अनुसार द्घितिय उपाध्यक्ष तथा ३ जना कार्यसमिति सदस्य मनोनयन नवगठित कार्यसमितिले गर्ने व्यवस्था संघको विधानले गरेको छ ।

गुणस्तरीय उपकरण तथा रसायन उपल्वध गराउने उद्देश्य सहित बि.स २०६१ साल देखि सक्रिय रहेको केमसनले ७ प्रदेशमा शाखा विस्तार गरसिकेको छ । संस्थाको सदस्य सख्ंया ३०० पुगीसकेको जनाइएको छ ।

उपभोक्तालाई सुलभ मूल्यमा स्तरीय स्वास्थ्य सेवा उपल्वध गराउन नेपाल भित्रिने रसायन तथा उपकरणका सुची तथा कम्पनी दर्ताका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य सुरु भएको केमसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘यसबाट खुला सिमानामा हुने आनाधिकृत आयात नियत्रण भई गुणस्तरिय सामान मात्र आयात भई उच्चस्तरीय स्वास्थ्य सेवा उपलव्धताले स्थान पाउँने केमशनको विश्वास रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस संस्थाले विश्वमा भएका स्वास्थ्य उपकरण सम्बन्धी नयाँ आविष्कार र वैज्ञानिक जानकारीलाई सदस्य व्यवसायी बिच उपलब्ध गराउंदै आएको छ ।’ यसबाट व्यवसायीलाई नयाँ प्रविधिमा आधारित गुणस्तरीय मेडिकल सामान आयात तथा प्रयोगमा प्रोत्साहित र्गदै आम नागरिकको विश्वस्तरीय र गुणस्तरीय स्वास्थ्य सेवा उपभोगको हकमा पहुँच बढने केमसनले विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।