देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकामा हिमपात र वर्षा, देशभर मौसम बदली हुँने

देशान्तर

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हिमपात भएको छ । उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंकै आसपासमा हिमपात भएको छ । काठमाडौंमा हिजो राति ११ बजेदेखि निरन्तर पानी परिरहेको छ ।

मौसमविद् मिनकुमार अर्यालले बिहीबार बिहान देशान्तरलाई जानकारी गराएअनुसार देशको पूर्वी भागमा आज दिनभरी मेघ गर्जनसहित वर्षा हुनेछ । पूर्वी भागमा आज लगभग खराव नै हुनेगरी मौसममा फेरबदल हुने उनको भनाइ छ । पश्चिमी भागमा अहिले सुधारको अवस्था आएको छ भने मध्य भागमा बेलुकातिर सुधार हुने उनले बताए ।

आज दिउँसो देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आशिंक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिम पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ । देशका उच्च हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । यस्तै भोलि शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

भोलि राति देशको पश्चिमी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।