देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबल नेप्लिज चेम्बर्स अफ कमर्स एशोसिएसनले पूर्णता पायो, यस्तो छ कार्यसमिति

देशान्तर

लिस्वोन (पोर्चुगल) । ग्लोबल नेप्लिज चेम्बर्स अफ कमर्स एशोसीएशनले पूर्णता पाएको छ।

विश्वभरि छरिएका साना तथा मझौला व्यापार व्यवसाय गरि बसेका नेपाली व्यावसायीहरुलाई एकताबद्ध गरि छरिएको पूँजीलाई एकतृत गर्दै बृहत लगानी र रोजगारी सृजना गर्ने र विदेशमा विभिन्न पेशा र रोजगारी गर्दै बसेका नेपालीहरुलाई उद्यमी तथा व्यवसायी बनाउने मूख्य उद्देश्य अनुरुप स्थापना गरिएको ग्लोबल नेप्लिज चेम्बर अफ कमर्स एशोसीएशनको (जीएनसीसीए) आफ्नो स्थापनाको एक वर्षपछि विभिन्न देशका नेपाली व्यावसायीहरुलाई संगठित गर्दै ९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।

राजधानी लिस्वोनमा ग्लोबल नेप्लिज चेम्बर्स अफ कमर्स एसोशिएशन (जीएनसीसीए) र नेपाल चेम्बर्स अफ कमर्सको संयुक्त आयोजनामा नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष दीपक कुमार मलहोत्राको प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले गैर आवासीय नेपाली संघ, पोर्चुगलका संस्थापक अध्यक्ष तथा वरिष्ठ व्यावसायी पूर्ण बहादुर हमालको नेतृत्वमा ९ सदस्य ग्लोबल केन्द्रीय समिति गठन गरेको छ।

हरेक देशमा एक ग्लोबल संयोजक तोकिने सम्वन्धित देशको संयोजक ग्लोबल केन्द्रीय समितिको पदेन सदस्य रहने व्यवस्था गरिए अनुसार हालसम्म बेलायत, बेल्जियम, जर्मनी, जापान र पोर्चुगल समेटिएको छ निकट भविश्यमा यसलाई विस्तार गरि विश्वभरि छरिएर बसेका नेपालीहरु माझ पुग्ने जीएनसीसीएले लक्ष्य राखेको छ।

पहिलो पटक पोर्चुगल आएका नेपाल चेम्वर्स अफ कमर्सका उपाध्यक्ष मलहोत्राले ग्लोबल चेम्वर्स अफ कमर्स एशोसीएशनको अवधारणा र उद्देश्यबाट आफू निक्कै प्रभावित भएको र आफूले यस्तो स्रहानिय कार्यको उद्देश्य पुरा गर्न जस्तोसुकै त्याग र सहयोग गर्न पछि नपर्ने बताए । उनले निकट भविष्यमा नै जीएनसीसीए र नेपाल चेम्बर्स अफ कमर्स बिच लिखित सम्झौता गरि मिलेर काम गर्ने प्रतिबद्दता समेत जाहेर गरे ।

कार्यक्रममा पोर्चुगलका लागि नेपाल चेम्वर्स अफ कमर्सका प्रतिनिधि शम्भू गौतमद्धारा स्वागत मन्तन्यसहित आफ्नो व्यावसायिक गतिविधि र नेपाली हस्तकलाका सामाग्रीहरुको विश्व ब्यापीकरणमा आफुले खेलेको भूमिका र अनुभव सुनाए।

पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ्ग, गैर आवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुवेर कार्की, पूर्व आईसीसी सदस्य सूर्य हमाललगायतका बक्ताहरुले जीएनसीसीएले लिएको उद्देश्यमा आफूहरुको पूर्ण सहयोग हुने प्रतिबद्धता जाहेर गरे । कार्यक्रमको सञ्चालन जीएनसीसीएका सदस्य तथा गैर आवासीय नेपाली संघ, पोर्चुगलका उपाध्यक्ष गोविन्द प्रसाद सापकोटाले गरेका थिए।

कार्यक्रमका सभापति तथा जीएनसीसीएका ग्लोबल अध्यक्ष पूर्ण बहादुर हमालले जीएनसीसीएको उद्देश्य पुरा गर्न हरेक देशमा एकजना ग्लोबल संयोजक तोकिने र उक्त संयोजकले आफ्रनो देशमा शाखा विस्तार गर्न सक्ने बताए । सम्वन्धित देशको संयोजक ग्लोबल नेप्लिज चेम्वर्स अफ कमर्स एशोसिएशनको केन्द्रीय ग्लोबल पदेन सदस्य रहने ब्यबस्था गरिएको पनि उनले जानकारी दिए ।

सोहि अनुरुप कार्य सम्पादन गर्न एक वर्षभित्र संस्थाको विधान, कार्य योजना र उद्देश्यका बारेमा प्रचारप्रसार गर्नका लागि मिडियाकर्मी वाई बि गुरुङ्गलाई जीएनसीसीएको मिडिया कोअर्डीनेटरका रुपमा मनोनित गरेको छ।

यस्तो छ कार्यसमिति

ग्लोबल अध्यक्ष—पूर्ण बहादुर हमाल (संस्थापक अध्यक्ष, गैर आवासीय नेपाली संघ, पोर्चुगल)
पदेन सदस्य—कमल भण्डारी (संयोजक, बेलायत)
सदस्य—टंक लम्साल (संयोजक, जर्मनी)
सदस्य—लोक प्रसाद दाहाल (संयोजक, बेल्जियम अध्यक्ष गैर आवासीय नेपाली संघ, बेल्जियम)
सदस्य—चिरञ्जीवी थापा (संयोजक, जापान)
सदस्य—शम्भू गौतम संयोजक, पोर्चुगल नेपाल चेम्वर्स अफ कमर्स (पोर्चुगल प्रतिनिधि)
सदस्य—भिम केसी कमल (मदेईरा आइल्याण्ड पोर्चुगल, पूर्व अध्यक्ष गैर आवासीय नेपाली संघ, पोर्चुगल)
सदस्य—रमेश कुमार गुरुङ्ग (पोर्चुगल, पूर्व गैर आवासीय नेपाली संघ, पोर्चुगल तथा पूर्व आईसीसी, सदस्य)
सदस्य—गोविन्द प्रसाद सापकोटा (सदस्य, उपाध्यक्ष गैर आवासीय नेपाली संघ, पोर्चुगल)

त्यस्तै ग्लोबल समितिले पूर्णता पाएसँगै जीएनसीसीएको उद्देश्यलाई विश्वव्यापी बनाउदै कार्य सम्पादन गर्ने उद्देश्य अनुरुप देहाय बमोजिमका सदस्य रहने गरि प्रारम्भिक सल्लाहकार परिषद पनि गठन गरिएको छ ।

सल्लाहकार परिषद्मा को को ?

१. रोजेन्द्र खेतान—नेपालका लागि पोर्तुगाली बाणीज्यदूत (नेपाल)
२. दीपक कुमार मलहोत्रा—उपाध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्स (नेपाल)
३. राम प्रताप थापा— नेपाली अवैतनिक बाणीज्यदूत, (जर्मनी)
४. भबन भट्ट—केन्द्रीय अध्यक्ष, गैर आवासीय नेपाली संघ (जापान)
५. कुमार पन्त—केन्द्रीय उपाध्यक्ष—गैर आवासीय नेपाली संघ, (जर्मनी)
६. मकर बहादुर हमाल—नेपाली अवैतनिक बाणीज्यदूत, लिस्वोन पोर्चुगल
७. कूल आचार्य—केन्द्रीय उपाध्यक्ष गैर आवासीय नेपाली संघ (बेलायत) रहेका छन्।