देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशका धेरैजसो भूभागमा पानी पर्ने सम्भावना

देशान्तर

काठमाडौँ । आइतबार दिउँसो उपत्यकासहित धेरैजसो ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । धेरैजसो ठाउँको मौसम अहिले बद्ली भएको र दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले बताए ।

सुदूरपश्चिमका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए । पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा आइतबार हिमपातको पनि सम्भावना छ ।

केहीदिन यता काठमाडौको तापक्रम बढ्दै गएको छ । शुक्रबार र शनिबार काठमाण्डौको अधिकत तापक्रम २५ डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार काठमाण्डौको अधिकतम तापक्रम २२ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार देशभर नै बद्लीको सम्भावना रहेकाले तापक्रम घट्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताए ।