देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सवैधन्दा खराव सभापति बन्ने बाटोमा उहाँ हुनुहुन्छ ?

देशान्तर

निर्वाचनमा जानपनि नसक्ने र पदाधिकारीको पदपनि छोड्न नचाहने क्यटोगोरिका नेताहरु अहिले सभापतिलाई बोकेर हिडिरहनु भएको छ । तर, टोलको चुनावमै जित्न सक्छु भन्ने आँट नभएका नेताहरुको भरथेकमा हिडिरहनु भएका कांग्रेस सभापति कुनवेला कहाँ चिप्लएर लड्नुहुन्छ र फेरी उठ्नै नसक्ने पो हुनुहुने होकि भन्ने चिन्ता हामीलाई लागेको छ ।

महासमितिको बैठक हो कि जात्रा, बाहिर चर्चा यस्तो छ । केका लागि तपाइहरुले महासमितिको बैठक बोलाउनु भएको हो ?

गत मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेसले आफुलाई समिक्षा गर्न आवश्यक भइसकेको थियो र यस विषयमा विभिन्न दृष्टिकोणहरु पनि आएका हुन् । निर्वाचन सम्पन्न भएपछि नै हामीले पार्टीका विषयमा समिक्षा गर्नुपर्ने थियो । तर, नेताहरुका कारण त्यो सम्भव भएन । यो भन्दा अगाडि मंसिर पहिलो साता महासमिति बैठक बोलाउने केन्द्रिय समितिले निर्णय पनि गरेको हो । तर, नेताहरुकै कारण यसलाई पछि सारेर मंसिर २८ गतेबाट महासमितिको बैठक डाकिएको हो । तर, अहिले पनि पार्टीका नेतृत्वमा बसेका नेताहरुकै कारण महासमितिको बैठक अर्थहिन बनेको छ ।

पार्टी हाक्छु भन्ने नेताहरुले देखाएको व्यक्तिगत स्वार्थ र देश र जनताप्रतिको गैरजिम्मेवारी पूर्ण व्यवहार प्रस्तुत गरेकाले यस्तो भएको हो । हामीले मंसिरको २८ गतेबाट सुरु गरेर पुसको ४ गते समापन गर्ने भनेर नै महासमितिको बैठक डाकिएको हो । तर, नेताहरुको स्वार्थ जोडिएकाले महासमितिको बैठक डाकेर देश र विदेशको राजनितिक अवस्थालाई हाँसोको रुपमा परिणत गर्नुप¥यो । महासमितिको बैठकमा नेताहरुले देखाएको व्यावहारले कांग्रेस पार्टीको कति ठूलो अपमान भएको छ भन्ने कुरा उहाँहरुलाई थाहा छैन । केवल पार्टीमा कसरी आफ्नो बहुमत देखाउन सकिन्छ र आफ्नो भलो हुन्छ भन्ने ध्यान मात्रै भएको देखिन्छ ।

लोकसँग, समाजसँग, जनतासँग र देशको परिस्थिति अनुसारको राजनितिक व्यवस्था कायम गर्नेतर्फ नेतृत्व गएको देखिएन । खासगरी पार्टी सभापतिले सिंगो कांग्रेस पार्टीको सभापति बन्ने आँट गर्न सक्नु भएन । उहाँलाई पार्टी, देश र जनताभन्दा पनि पार्टीको गुटगत स्वार्थलाई कसरी जोगाउने र आफूले चाहेको मान्छेहरूलाई पदाधिकारीमा कसरी मनोनित गर्न सकिन्छ भन्ने भन्दा अरु विषयमा ध्यान गएको हामीले पाउन सकेनौ । यो हामी जस्ता कार्यकर्ताको लागि दुःखद कुरा हो । यस्तो काम नेतृत्व तहबाटै होला भन्ने कुरा हामीले सोच्ने त के कल्पनासम्म पनि गरेका थिएनौ । यसले पार्टीलाई हित गरेको छैन ।

महामिति बैठक लम्बिएपनि नितिगत र पार्टीको वैचारिक कुरामा कुनै छलफल नै भएन । यसको कारण के हो । किन छलफल हुन सकेन ?

पार्टीलाई संघीय संरचनामा ढाल्नका लागि पार्टीको नितिगत विषय र वैचारिक विषयमा छलफल हुन आवस्यक थियो । तर, त्यो हुन सकेको छैन । नितिगत कुरामा उदासिनता, वैचारिक कुरामा उदासिनता देखिएको छ भने नितान्त प्राविधिक र स्वार्थगत कुरामा नेताहरु अल्झिएको देखिन्छ । अहिलेको अवस्थामा मुलुकमा यति ठूलो परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेसका नेताहरुले देखाएको पछिल्लो समयका व्यावहारहरुले हामी आफै अचम्मित भएका छौ ।

यस्तो नेतृत्वबाट भोली कांग्रेसको इतिहाँस कसरी सुरक्षित गर्ने भन्ने कुराको चिन्ता बढेर गएको छ । नेताहरुले कारणले गर्दा सिंगो नेपाली कांग्रेस पार्टी हासोको पात्र बन्न पुगेको छ भने कार्यकर्ता तहमा थप निरासा पैदा गराएको छ । अहिले नेपाली कांग्रेसलाई नेपाली जनताले मात्र नभइ विश्वले हेरिरहेको छ । कांग्रेसमा अब कसरी सुधार आउछ भन्ने आम चाहना थियो । त्यो चाहनालाई नेताहरुले बुझन सक्नु भएन ।

नेपालको पछिल्लो राजनितिक परिवर्तपछि भारत, चीन, अमेरिका लगायतका देशहरुले पनि कांग्रेसको भावि नीति कस्तो हुन्छ र भन्ने कुरा हेरिरहेको अवस्थामा डाकिएको महासमितिको बैठकमा पार्टी नेतृत्व यसरी प्रस्तुत हुनु भनेको लज्जाजनक र आपत्ति जनक विषयपनि हो ।

पार्टीका शिर्ष नेताहरु यसरी स्वार्थमा अलमलिएर पार्टी र देशको राजनितिलाई नै प्रभावित बनाउन खोज्नुको कारण के हो ? कसरी हेर्नुभएको भएको छ, तपाइले ?

यसकोे कारण त भोली को सभापति बन्ने, सभापतिबन्दा अधिकार कति रहने ? पार्टीका सवै पदाधिकारीलाई निर्वाचन प्रक्रियामा मात्रै राख्दा आफुलाई अप्ठयारो पर्ने हो कि भनेर सोच्ने एकथरिको चिन्ता छ भने अर्कोथरिका यस्ता नेताहरु पनि त्यसको लविङमा लागेका छन कि जसले कुनैपनि हालतमा गाउँ र टोलबाटै चुनाव नै चितेर आउन सक्दैन ।

उसलाई पार्टीको पदाधिकार बन्नका लागि सभापतिले नै मनोनित गर्नुपर्ने हुन्छ । उनीहरु पनि सभापतिले पदाधिकारी मनोनित गर्न पाउनुपर्छ भन्ने पक्षमा लविङ गरिरहेका छन् । उनीहरु सभापति चाकडी गरेरै पदाधिकारी बन्ने भएकाले पार्टी सभापतिमाथि उनिहरुको ठूलो दवाव परिरहेको मैले देखेको छु । क्षमता हुनेहरुले निर्वाचन प्रक्रियाबाटै सवै पदाधिकारी चयन गर्नुपर्छ भनिरहेका छन । तर, जो टोलमा समेत चुनाव नजित्ने पदाधिकारीहरु छन् उनिहरुले पार्टी सभापतिलाई प्रभावमा पारेर छिनमा एकखालको सहमति गराउने, छिन मै सहमती तोडाउन पनि बाध्य बनाए ।

अहिले पार्टी सभापतिसँग टोलबाट पराजित हुनेहरुको ठूलो समुह छ जसले पार्टीलाई समेत ठूलो क्षती पुगेको महसुस मैले गरेको छु । यो नितान्त व्यक्तिगत स्वार्थमा सभापति फसेर माहासमितिको बैठकलाई वेवारिसे बनाउनु हुने थिएन । राजनितिक जीवनकोे यो मोडमा आएर पार्टी सभापतिले जुन गल्ती गर्नुभएको छ, यसलाई कांग्रेसको अहिलेकै पुस्ताले मुल्याकन गर्ने छ भने नेपालको राजनितिमा पनि नेपाली कांग्रेसका पार्टी सभापतिहरुमध्ये सवैधन्दा खराव सभापति बन्न उहाँ गइरहनु भएको छ ।

पार्टीमा पदाधिकारिको संख्या बढाएर समावेसीताको आधारलाई बलियो बनाउने विषयमा सहमति भएको होइन र ?

अहिले सम्म कुरा नमिलेकै पदाधिकारको विषयमा हो । सुरु जुनखालको सहमति भएको थियो त्यो सहमति ३ घण्टापनि टिकेन । वाहिर आएर समावेसिता मिलाउनका लागि भनेर हल्ला गर्ने तर, भित्र कम्तीमा एउटा उपसचभापति त मनोनिति गर्न पाउनुपर्छ भनेर सहमति गर्नेहरुले नै बाधा सिर्जना गरे । सबै पदाधिकारी निर्वाचित मात्रै हुदा सभापतिलाई भोली समस्या आउने भन्दै पहिले भएको सहमतिमा एक जना उपसभापति मनोनित गर्न पाउनुपर्छ भन्ने विषय उठेपछि पदाधिकारीमा विवाद आयो ।

खाली आफ्नो गुटका नेताहरुलाई भित्र बोलाउने र एकजना उपसभापति मनोनित गर्ने वातावरण बनाउनुप¥यो भन्ने खालको व्यवहार सभापतिले देखाउनुभयो । र उहाँलाई उक्साउनेहरुले आफ्नो भाग नआउने भयो भनेर खान फुक्ने काम पनि गरे । अन्ततः १३ जना पदाधिकारी मध्ये १२ जना निर्वाचनले चयन गर्ने सहमति भयो । यही निर्णय समयमै गर्न सकेको भए पार्टीको साख जोगिन्थ्यो, महासमितिले सार्थकता पाउथ्यो । यस्तै कारणले गर्दा कांग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको हो भन्ने कुरा सभापतिको अहिले व्यवहारले नै प्रमाणित गरेको छ । महासमिति भनेको बैचारिक थलो हो ।

महासमिति भनेको नितिगत विषयमा छलफल गर्ने सवैभन्दा उपयुक्त थलो हो । तर, नेताहरुको सानो स्वार्थका कारण यो बैठकलाई हासोपात्र बनायो । यसरी पार्टी चल्दैन । यो माहासमिति अवैधानिक भइसक्यो । अब कुनेपनि प्रस्ताव विधान संगत ढंगले पारित गर्नेहो भने यो महासमितिलाई अवैधानिक घोषणा गरेर पुनः अर्को महासमितिको बैठक बोलाउनु पर्छ । नत्र अहिले पारित भएका कुनैपनि प्रस्तावहरु वैधानिक हुदैनन् र यसलाई वैधानिक भन्न पनि सकिने अवस्था छैन ।

तर, तपाइले अवैधानिक भनिरहदा नेताहरुले बहुकतबाट पारित भएको भन्दै प्रस्ताव ल्याउने तयारी पनि गरिरहेका छन् । यो अवस्थामा के हुन्छ, मान्छन महासमितिका सदस्यहरुले ?

यस्ता खालको जवरजस्ती गर्न हाम्रा नेताहरुले नजानेको होइन, राम्ररी जानेका छन । यो भन्दा अगाडीको व्यवस्थामा पनि हामीले राजालाई संविधानभित्र बस्नुपर्छ भन्यौ । यसकालागि आन्दोलन ग¥यौं र राजा संविधानभित्र बस्न राजिपनि भएका थिए । तर, हाम्रा नेताहरु अहिले त्यो समयका राजाभन्दा पनि आफु माथि भएको ठानिरहेका छन । यो गलत हो । संविधान नमान्ने, पार्टीको विधान, निति नियमहरु केही पनि नमान्ने । आफुलाई विधानभन्दा माथिको ठान्ने प्रबृतिले गर्दा यो समस्या आइरहेको छ । उनिहरुले देखाएको लोभ र लालचको प्रतिफल अहिले हामी जस्ता नेता र तमाम कार्यकर्ताले भोग्नु परिरहेको छ ।

अहिले पार्टीको नेतृत्व गर्ने विषयमा नेताहरु पनि विभाजित भएका छन । सभापति देउवा फेरी पार्टीको नेतृत्व लिन चहिरहनु भएको । रामचन्द्र पौडेर र कोइराला परिवारदेखि रामशरण महतले सम्मले पार्टीको नेतृत्वमा आकांक्षा राख्नु भएको छ । अहिले तपाइले जसरी नेताहरु भन्नु भयो के सवै नेताहरुको धारणा यही हो ?

सवै नेताहरुको यस्तो व्यवहार छैन । केहि नेताहरुको भित्र मनासाय भनेको सभापतिले उपसभापति मनोनित गर्न पाउनुपर्छ भन्नेमा मुल कुरा अड्कियो । पार्टी सभापति शेरबाहादुर देउवालाई फेरी पार्टी नेतृत्व तपाइले नै गर्नुपर्छ र पदाधिकारीमा उपसभापतिसहितका केहि पदहरुमा मनोनित गर्ने व्यवस्था विधानमा राख्नुपर्छ भन्नेहरुका कारण समस्या आएको हो । उहाँहरु निर्वाचनमा जानपनि नसक्ने र पदाधिकारीको पदपनि छोड्न नचाहने क्यटोगोरिका नेताहरु अहिले सभापतिलाई बोकेर हिडिरहनु भएको छ ।

तर, टोलको चुनावमै जित्न सक्छु भन्ने आँट नभएका नेताहरुको भरथेकमा हिडरहनु भएका कांग्रेस सभापति कुनवेला कहाँ चिप्लएर लड्नुहुन्छ र फेरी उठ्नै नसक्ने पो हुनुहुने होकि भन्ने चिन्ता हामीलाई लागेको छ । जहासम्म चारजना नेताहरुको नाम जोडिएको छ । यसमा पनि म प्रस्ट पार्न चाहान्छु कि महामन्त्री डा. शशांक कोइराला, रामचन्द्र पौडेल वा डा. रामशरण महतले पार्तीको नेतृत्व लिन चाहिरहेको कुरा छ ।

उहाहरुको कसैको पनि मनोनित प्रति खासै चासो भएको देखिएन । उहाँहरु चुनाव हारेपनि जितेपनि सवै पदाधिकारीहरु निर्वाचित भएर नै आउनु पर्छ भन्ने पक्षमा नै रहनु भएको छ । र, यो महासमितिको बैठकलाई प्रभावहिन बनाउने काम पनि उहाबाट भन्दै वर्तमान सभापतिकै तर्फवाट बढी भएको हो । उहाले त सबैलाई तपाइहरु निर्वाचनमा जानुहोस जो जो जितेर आउनु हुन्छ पादधिकारी बन्नुहुन्छ हार्नेहरुले फेरी जित्ने प्रयास गर्नुहोला पो भन्नुपर्ने हो । तर, उहाँ सानो स्वर्थको झुण्डमा नरामैरी फस्नु भएको छ । अव उक्सन गारो पर्छ ।

भनेपछि अहिलेको काग्रेस पार्टी सभापति शेरबाहादुर देउवा फेरी पार्टीको नतृत्व गर्न तयार भएको देखियो हैन ?

हो, पछिल्ला घटनाहरुले यस्तै देखाएको छ । अहिलेको पार्टी सभापतिलाई भन्दा पनि उहाँलाई अगाडी उभ्याएर दौराको फेर समाएर रातदिन नभनी अगाडि पछाडि लाग्नेहरुको महत्वकांक्षा बढी देखिन्छ । देउवा फेरी सभापति भएको खण्डमा अब कम्तिमा एक कार्यकाल भएपछि पदधिकारीको पद पाइन्छ भन्नेहरु देउवालाई फेरी पार्टी सभापति बनाउने खेलमा रहेको देख्न सकिन्छ ।

हामी जुन प्रक्रिया र पदतीवाट हुन्छ चुनाव लडेर पदाधिकारीमा आउन चाहन्छौ । तर, उहाँहरु कस्तो खालको होमवर्कमा लाग्नु भएको हो । यसले पार्टीलाई कहा पु¥याउँछ भन्दा पनि ठूलो लज्जाको विषय भएको छ । अहिले समावेसिताको विवाद नै होइन । समावेसीको विषय वाहिर मार्केटिङका लागि उठाइएको रहेछ भन्ने कुरा त अव प्रमाणित नै भइसक्यो नि ।

यो महासमितिबाट पार्टीलाई कसरी प्रभावकारी र सशक्त बनाउने भन्ने विषयमा पार्टी अगाडी जानु पर्ने थियो । तर, त्यो हुन सकेन । भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ तर, काध थाप्न सकिदैन भने जस्तै अहिले सभापति फेरि फर्कनै नसक्ने भीरबाट हाम फाल्ने प्रयासमा लाग्नु भएको छ । उहाँको लगाव पार्टी हितमा छैन पार्टीको हित भन्दा विपरित छ ।

तपाइहरु १२ जनाले तत्काल महाधिवेशनको माग पनि गर्नुभएको छ नि, के का लागि हो यो प्रयास ?

हामीले आफ्नो जिम्मेवारीका साथ आफ्ना कुराहरु केन्द्रिय समितिको बैठकमा पनि राखेका थियौ र अहिले पनि आफ्ना दृष्टिकोणहरु वाहिर ल्याएका छौ । अहिलेको महासमितिको बैठकमा पनि हामीले अब पार्टीलाई महाधिवेशनको तयारीमा लानुपर्छ भनेका हौ । देशमा नयाँ संविधान आइसकेको छ । देश संघीयताको मोडलमा गइसकेको छ । नयाँ वडाहरु बनिसकेका छन् । गाउँपालिका र नगरपालिकाहरु बनिसकेका छन् ।

प्रदेशहरु बनिसकेका छन् । यी सवै तहमा पार्टीको नयाँ सांगठानिक ढाँचा बनाउन आवस्यक भइसकेको छ । त्यहि अनुसार सरकारहरु पनि बनिसकेका छन । अब कांग्रेस एकात्मक रुपमै बसिरहन हुदैन । सवै तहमा पार्टीका संगठनहरु बनाउनपर्छ । विभिन्न संगठनहरुमा निर्वाचन गराउनुपर्छ भनेर प्रस्ताव गरेका हो ।

यसले कम्तीमा पनि तलबाटै निर्वाचनको प्रक्रिया पनि सुरु गर्छ र महाधिवेशनसम्म पुग्दा कांग्रेसको सांगठानिक ढाँचा पनि तयार भइसक्छ र पार्टी पनि गतिशिल हुन्छ भनेका हौ । हाम्रो अभियान जारी छ । अहिले हामी १२ जना होलाउ भोली २२ हुन्छौ । पार्टीमा अरु थप क्षती नहोस भनेर नै हामीले पार्टी बचाउ अभियान थालेका हौ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ माहाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नुभएको छ । तपाइहरु १२ जनाको प्रस्ताव पनि उस्तै छ । प्रस्तुतीमा फरकचाँहि किन ?

यो विषयमा हामी यो भन्दा धेरै अगाडीको समिक्षात्मक केन्द्रिय समितिको बैठकदेखि नै राख्दै आएको विषय हो । अहिले आएर वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो विषयलाई प्रस्तावको रुपमा लिएर आएनु भएको छ । यो प्रस्ताव ल्याएकोमा हामीले उहाँलाई धन्यवाद पनि भनिसकेका छौ । हामीले राखेकै समय उहाँहरुले पनि जोडबल गरिदिनुभएको भए यो समय सम्ममा एउटा निचोडमा पुगिसकेको अवस्था हुने थियो ।

ठिलो भएपनि उहाँहरुको आखा खुलेको छ । अन्तिममा आएर भएपनि यिनीहरुले ल्याएको प्रस्ताव पनि ठिकै रहेछ भन्ने कुरा बुझिदिनुभएको छ । अव पार्टी सभापतिको आखा खुलेको खण्डामा हाम्रो प्रस्तावले सार्थकता पाउनेछ ।

अहिले बोलाइएको महासमितिको बैठकमा तपाइहरुले देखाएको व्यवहारले जिवनभर कांग्रेस प्रति आस्था राख्नेहरु असन्तुष्ट भएका छन । अब उनिहरुलाई कांग्रेस पुर्नजिवित हुन्छ भन्ने विश्वास समेत गुमेको छ । यसमा तपाइहरुको भूमिका अब के हुन्छ ?

अहिले कांग्रेसका विषयमा धेरै शुचिन्तकहरु चित्त दुखेको छ । तल्लो तहका कार्यकर्ता चित्त दुखेको छ । यति सम्म कि हामी केन्द्रीय समितिमा रहेको सदस्यहरले पनि आफुले भनेका विषयहरुलाई पार्टीको नेतृत्वले विचार नगर्दा हामी आफै शीर्ष नेताहरुबाट पिडित भइरहेको अवस्था छ । यद्यपी नयाँ संरचना र समयको माग अनुसार कांग्रेसमा परिवर्तन आउन आवस्यक छ । हामीले पहल गरिरहेको छौ ।

परिवर्तन नभइसुखै छैन । त्यसकारण नेतृत्वबाट भएका केहि गल्तीलाई सच्चाउन लमय लाग्ला तर, रुपान्तरण चाँहि हुन्छ । विगतमा पनि धेरै ठूला गल्तीहरु भएका छन । महाअभियोगको प्रस्तावमा हस्ताक्षर गरेको छैन भने बक्तव्य निकाल्ने व्यक्ति पनि मै हो । तर, पार्टीलाई हुने क्षतिबाट मेरो बक्तव्यले मात्रै बचाउन सक्दैन । अहिले पनि यस्ता धेरै विषयहरुमा हामीले नेतृत्वलाई सम्झाउनेकाम गरिहेका छौ ।

अहिले पनि महासमिति बैठकलाई वेवारिसे बनायो । के माहासमितिका सदस्यहरु भात खान नपाएर काठमाडौ आएका हुन ? उनिहरुलाई नेताहरुले पालैपालो भात खुवाउने डोनेसन कहाबाट आयो ? महासमितिसदस्यहरुलाई संस्थगतरुपमा खान र बस्नको व्यवस्था गर्नुपथ्र्यो त्यो पनि गरिएन । यस्ता विषयहरुले पार्टीलाई हानी गरिरहेको हुन्छ ।