देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कांग्रेसमा अब दुईथरी सदस्यता रहँदैन’

देशान्तर

नेपाली कांग्रेसको सदस्यता वितरणमा पनि हामीले बिधानमा केहि नयाँ व्यवस्था गर्न खोजिरहेका छौ । अब नेपाली कांग्रेस सदस्यता लिनका लागि कुनै खालको मादण्ड बन्ने छैन । जो सुकैले जहाबाट पनि नेपाली कांग्रेसको सदस्यता लिन सक्छन । तर, जसले नेपाली कांग्रेसको सदस्यता लिएको छ उसले एक वर्ष भित्रमा आफै सम्बन्धित ठाउमा गएर सदस्यता नविकरण गर्नुपर्छ ।

तपाई नेपाली कांग्रेसको विधान मस्यौदा समितिको सदस्य हुनुहुन्छ, रुपान्तरित संरचना अनुसार कसरी तयार गर्दै हुनुहुन्छ कांग्रेसको बिधान ?

पहिलो कुरा त अहिलेसम्म देशमा जती परिवर्तन भए त्यसमा नेपाली कांग्रेसको अहम भुमिका रह्यो भन्ने कुरामा अब कांग्रेसले दावी गर्नुपर्ने कुरा भएन । सबै नेपाली जनताले दुई तिहाइ बहुमतको सरकारको झण्डै नौ महिनाको अवस्था हेरेर फेरी कांग्रेसको आवश्यकता महसुस गरिरहेका छन । दोस्रो, अहिले जनताले महसुस गरेको बिषयलाई कांग्रेसले सम्बोधन गर्न सकेको छ कि छैन भन्ने हो । हामीले जनताले महसुस हुनेगरि काम गर्न सकिरहेका छैनौ र त्यसको प्रयास गरिरहेका छौ ।

तेस्रो, संघिय संरचना अनुसार पार्टीलाई बदल्नुपर्ने आवश्यकता अनुसार हामीले काम गरिरहेका छौ । अहिले महासमितिको बैठकमा पेश गर्ने प्रतिवेदनहरु तयार भइरहेका छन् र पार्टीको विधान मस्यौदा समितिले पनि चाडो भन्दा चाँडो काम सक्ने प्रयास गरिरहेका छौ । कांग्रेसको विधान पछिल्लो देशको परिवर्तनमा आधारित भएर तयार भइरहेको छ । अहिले सबै समितिहरुले आ–आफ्नो काम गरिरहेको अवस्था छ ।

तपाइले सवै समितिहरुले काम गरिहेको भनिरहंँदा महासमितिको बैठक फेरी सर्छ भनेर नेताहरु भनिरहेका छन । अब कति पटक सर्छ महासमितिको बैठक ?

विचमा चाडवाड परेका कारण मंसिर ५ देखि ९ गते सम्म गर्ने भनिएको महासमितिको बैठक सरेको हो । महासमिति बैठकमा बिभिन्न प्रतिवेदनहरु पेश हुने भएकाले ती प्रतिवेदन तयार गर्न गठन गरिएका समितिहरुले केहि दिनको समय मागेकाले महासमितिको बैठक पछि सरेको हो । अब कसैले चाहदैमा मंसिर २८ देखि सुरु हुने महासमितिको बैठक सर्दैन ।

यसमा म ठोकुवाका साथ भन्न चाहान्छु कि अब महासमितिको बैठक कुनै पनि हालतमा सार्न मिल्दैन र सर्दैन पनि । पार्टीको केन्द्रीय समितिले गरेको यो निर्णय एक दुई नेताले भन्दैमा वा बैठक सर्छ भनेर हल्ला गर्दै सर्नेवाला छैन । देशको परिस्थीतिलाई मुल्यांकन गर्दा पनि पनि कांग्रेसको महासमितिको बैठक आवश्यक भइरहेको छ । हामीले जुन खालको रुपान्तरण पार्टीमा खोजिरहेका छौ र आगामी दिशा खोजिरहेका छौ त्यसको निर्णय र छलफल भनेको महासमितिमै हुने हो ।

पार्टी अब संघिय संरचना अनुसार जान तयार भयो भनेर निर्णय गर्ने निकाय भनेको महासमिति हो । महसमितिको निर्णय विना कुनै नेताको चाहनाले मात्र पार्टी रुपान्तरित हुन सक्दैन । पार्टीका नीतिहरु वदलिन सक्दैनन् । त्यसकारण पनि महासमितिको बैठक सर्ने भन्ने त अब सम्भावना नै छैन । तोकिएको मितिमै हुन्छ ।

अहिलेसम्म विधान मस्यौदा समितिले प्रतिबेदन तयार गर्न सकेको छैन, आर्थिक र राजनितिक प्रतिवेदन तयारीको अवस्था पनि उस्तै छ । तपाई सदस्य रहेको समिति लगायतका समितिले काम नसकेका कारण महासमिति सर्छ भनेर नेताहरुले नै भनिरहेका छन नि ?

हैन, कुन नेताले कहाँ के बोल्नुभयो भन्ने कुरा ठूलो होइन । हामी केका लागि महासमितिको बैठक बोलाईरहेका छौ र कांग्रेसले महासमितिबाट के गर्न खोजिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो । नेपालको संविधान संघियतामा आधारित भएका कारण कांग्रेसले पनि आफुलाई संघियताको ढाँचा अनुसार रुपान्तरण गर्न आवश्यक छ । अहिले सात प्रदेश बनेका छन भने ७५ जिल्लाबाट हामी ७७ जिल्लामा पुगेका छौ । पहिलेका ४ हजार माथिका गाविसहरुलाई ७५३ स्थानीय तहमा झारेका छौ ।

७५३ वटा त स्थानीय सरकार छन् । सातवटा प्रदेश सरकार र एउटा केन्द्रीय सरकार गरि अहिले हामी ७६१ सरकारको मोडलमा गएका छौ । यो मोडल भनेको संघियतामा आधारित मोडल हो र नेपालको संबिधानले पनि यसैलाई अंगिकार गरेको छ । कांग्रेस संघिय संरचना अनुसार रुपान्तरित हुँदा कम्तीमा यो मापदण्ड त पुरा गर्नैपर्छ । त्यसमा त्यो भन्दा तलका इकाइहरु पनि छन् । यी सवै बिषयहरुलाई समेट्नुपर्ने अवस्था पनि छ । नेपालको राजनीतिक परिवर्तनमा अहिलेसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस अब ल्याउने नितिका विषयमा देश र विदेशमा समेत चासो छ । कांग्रेसको राजनितिक लक्ष्य के हो ।

कांग्रेको आर्थिक निति के हो । देशको रक्षा र जनताको आर्थिक संबृद्धिसहितको लक्ष्य के हो । जनताका अधारभूत आवश्यकतामा कांग्रेसको भूमिका के हो । अहिले आम जनताले कांग्रेससँग खोजेको विषयलाई सम्बोधन नगरी हावा कुरा लिएर अब कांगे्रस जनतामा जाँदैन । त्यसकारण हामी विधानमा अब राखिने विषयमा जनतालाई ढाँट्ने पक्षमा छैनौ । कांग्रेसको विधानको विषय मात्र हैन, सवै क्षेत्रमा कांग्रेस प्रस्ट भएर आउँछ । जहाँसम्म महासमितिको बैठकमा नेताहरुको गुनासो आएका बिवषयहरु छन् त्यसमा अहिले सवै समितिहरुले ९५ प्रतिशत काम सकिसकेका छन ।

अहिले पार्टीका शीर्ष नेताहरुनै सन्तुष्ट र असन्तुष्ट देखिएका छन । दुवै पक्षबाट लन्च मिटिङ्गहरु पनि भएका छन । यसले राम्रो सन्देश दिन्छ ?

पछिल्लो समयमा म आफैले पनि पत्रकारीताको भाषा बुझन सकिरहेको छैन । एक नेताले अर्को नेताको घरमा गएर खाना वा चिया खादैमा पार्टीमा असन्तुष्टि बढ्यो र गुटबन्दी भयो भन्नु कति सान्र्दभिक हुन्छ ? एउटा पार्टीको नेताले पार्टीकै अर्को नेताकहा जानै नमिल्ने र जाने वित्तिकै गुटबन्दी हुने कुरा हुदैन । नेपाली कांग्रेस भनेको प्रजातान्त्रिक पार्टी हो ।

प्रजातान्त्रिक पार्टीमा फरक फरक विचार हुन्छन । तर, अन्तिम निर्णयमा कांग्रेसमा कहाँ गुटबन्दी देखिएको छ । बिचार राख्ने अधिकार सबैलाई छुट छ । तर, कुनै निर्णय गर्नुप¥यो भने कांग्रेसमा अरु पार्टीमा जस्तो अवरोधको अवस्था सिर्जना भएको छैन । यस्तो अवस्था आएको भए सुरुमा पनि दुई कांगेस मिलेर नै नेपाली कांग्रेस बनेको हो । २००७ सालदेखिको इतिहाँस हेर्दा पनि कांग्रेस नेताहरुबीचमा एकता नभएको भए अहिले सम्मका परिवर्तन सम्भव थिए ? त्यसकारण कांग्रेस भित्र एक नेताले अर्को नेताको खुलेर सार्वजनिक रुपमा नै विरोध गर्ने छुट छ ।

जव पार्टीले पार्टीका लागि देश र जनताका लागि कुनै निर्णय लिनुप¥यो भने कांग्रेसमा कहिपनि विभाजन छैन । एकमत भएर निर्णय हुन्छ र भएको निर्णय कार्यान्वयन पनि भइरहेका छन् । हामीमा सवै नेताले होमा हो मिलाउनु पर्छ भन्ने बाध्यता छैन । पार्टीमा बिभिन्न निकायहरु छन ति निकायले गरेका निर्णयहरु हामी मान्दै आएका छौ र मान्छौ पनि यसमा अरु पार्टीले डाहगर्नुपर्ने आवश्यकता नै छैन ।

तपाइले पार्टीमा देखिएको विवादलाई सामान्य भनिरहँदा यहि पार्टी भित्र बिभिन्न गुट र उपगुट छैनन् भन्न सकिने अवस्था त छैन ?

यो भनेको दलिय स्वभाव हो । पार्टीमा गुट नै भएन भने, कसैले कसैको विरोध नै गरेन भने त्यो कसरी पार्टी हुन्छ ? त्यो त निरङकुशस व्यवस्था भएन ? यस्तो निरङकुसता अहिले कम्युनिष्टहरुमा पनि छैन भने यो त नेपाली कांग्रेस हो । पावर सेयरिङका लागि पनि पार्टीमा गुट चाहिन्छ । तर, जती समाचारमा कांग्रेसको गुटको कुरा आएको छ त्यो छैन ।

कांग्रेसको गुटका विषमा म के प्रस्ट गर्न चान्छु भने अहिले कांग्रेसमा भनिएका जतिपनि गुट र उपगुट छन उनिहरु पनि पार्टीको नितिभित्र बाँधिएका छन । पार्टी चलाउन क्रममा विभिन्न निकायहरु बनाइएको छ । पहिलेको संरचना हेर्ने हो भने पनि गाऊ, क्षेत्र, जिल्ला र अञ्चल हुदै केन्द्र सम्म आउने हो । आफ्नो जिम्मेवारी अनुसार ती निकायबाट आएका निर्णयमा कांग्रेस केन्द्रीय समितिमा विवाद भएको छैन ।

उनिहरुले गरेका निर्णयहरु गलत भए एकमतले गलत छन भन्छौ र सहि भए पनि एकमतले सहि छ भन्छौ । यत्रो इतिहाँस बोकेको कांग्रेसमा अन्तिम निर्णयमा एकमत नभएको भए कसरी अहिले सम्मका उपलब्धीमा कांग्रेसको योगदान थियो भन्ने विषयमा चर्चा हुने थियो र ? त्यसकारण कांग्रेसमा अहिले पनि अरु दलहरुमा जस्तो गुटबन्दी छैन ।

तर, सभापतिले पार्टीमा एकलौटी गर्नुभयो र पार्टी एकल हिसावले हैन मिलेर चलाउनपर्छ भन्ने आवाज त उठेको छ नि ?

जहाँसम्म सभापतिको कुरा छ, मैले पछिल्लो समयमा सभापतिले एकलौटी ढंगबाट पार्टी सञ्चालन गरेको पाएको छैन । अहिले सभापतिले सबैसँग छलफल र सल्लाह विना अगाडी बढे जस्तो मलाई लाग्दैन । सभापतिले सबैसँग छलफल गरेर बिभिन्न समितिहरु भङ्ग भएका छन् । नेताहरुको सल्लाहमा सभापतिले जुनजुन समितिहरु बनाउनुभएको थियो त्यो नेताहरुको सल्लाहमा नै भङ्ग गर्नुभएको हो ।

अर्को, प्रजातान्त्रिक पार्टीमा सहमति र सहकार्यको पनि आवस्यकता हुन्छ । त्यस्तै पार्टी नेतृत्वको निर्णयको पनि आवस्यकता हुन्छ । अनि मात्रै पार्टी प्रजातान्त्रिक बन्न सक्छ । अरु पार्टीमा जस्तो नेपाली कांग्रेसमा पार्टी नेतृत्वले जे निर्णय ग¥यो त्यही मान्नुपर्ने अवस्था कांग्रेसमा छैन । कांग्रेसमा छलफल हुन्छ र अन्त्यमा सहमतिमै गएर निर्णय हुन्छ ।

केही दिन अघि मात्रै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको छ तर, त्यहाँ महासमितिको बैठकमा पेशहुने एजेण्डामा छलफल भएन । यसले पुनः महासमिति सर्छ भन्ने संकेत गरेन र ?

महासमितिको बैठक कुनै हालतमा सर्दैन । यसमा सबै ढुक्क भए हुन्छ । केहि प्रक्रियागत विषयमा छलफल गर्नुपर्ने भएकाले शनिवार केन्द्रीय समितिको बैठक बसेको हो । त्यसमा महासमिति कसरी सम्पन्न गर्ने विषयमा छलफल नभएका होइनन् । तर, केहो भने अहिले बिभिन्न समितिले काम पुरागरिनसकेको अवस्था छ । सहमहामन्त्री प्रकाशशरण महतको आर्थिक प्रतिवेदन तयारी भइरहेको छ ।

उपसभापतिको राजनितिक प्रस्ताव तयार भइरहेको छ । महामन्त्रीको प्रतिवेदन तयार भइरहेको छ । बिधान मस्यौदा समितिले पनि काम गरिरहेको छ । अबको एक हप्ता भित्रमा सबै प्रतिवेदनहरु तयार भइसक्छन । सबै क्षेको सुझाव र सल्लाह लिएर हामीले काम गरिरहेका छौ । हामीले जुन संघिय लोकतान्त्रिक गणतन्त्रको संबिधान जारी गरेका छौ त्यसै अनुरुप नेपाली कांग्रेसको बिधान बन्छ । आर्थिक र राजनितिक प्रतिबेदनहरुपनि यहिअनुसार बन्ने छन ।

अहिले सभापतिलाई कति अधिकार दिने भन्ने बिषयमा बिभिन्न कुराहरु बाहिर आउन थालेका छन । तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले पार्टी एकलौर्टी गरेको भन्दै कटौती भएको सभापतिको अधिकार पुनः फर्काउदै हुनुहुन्छ रे तपाइहरुले ?

हिजोको बिधानमा जे थियो आज तयार भइरहेको बिधानमा पनि सभापतिको अधिकारलाई तलमाथि गरिएको छैन । सभापतिले मनोनित गर्न सक्ने गरि हिजो जती अधिकार दिइएको थियो आजपनि त्यही नै छ । त्यो भन्दा बढी हामीले बढाउनपु र्छ भनेर प्रस्ताव बनाएका छैनौ । हिजो केन्द्रीय समितिमा लडनका लागि राखिएको प्रवधानलाई अहिले हामीले परिवर्तन गरेर बुथबाट निर्वाचित हुदै आउनुपर्ने व्यावस्था राखेका छौ । हिजो केन्द्रबाट मात्रै टिकट बाँड्ने चलन थियो अहिले हामीले टिकट वितरणलाई चार तहमा बिभाजित गरेका छौ ।

यस्ता धेरै विषयहरुलाई हामीले पूर्ण रुपमा परिमाजर्न गर्नेगरी प्रस्ताव बनाइरहेका छौ । हिजोका दिनमा सभापति मात्रै निर्वाचित हुने र केन्द्रीय सदस्य तथा पदाधिकारीहरु मनोनिति गर्ने परम्परा थियो । तर, आज नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा यस्तो व्यवस्था सुहाउदैन भनेर कोहीपनि केन्द्रीय सदस्य वा नेता हुन चाहन्छ भने माथिबाट कसैले टिका लगाएर होइन कि तल्लो तहबाट जनतासंग भिजेर आउनुपर्ने व्यवस्थ ागर्न लागेका छौ । त्यसकारण सभापतिलाई यस्तो र उस्तो अधिकार दिन लागिएको भन्ने कुरा गलत हो बिधानमा त्यसतो कुनै व्यवस्था गरिने छैन ।

नेपाली कांग्रेसको सदस्यता वितरण अब कसरी हुन्छ ? यसमा पनि विरोध आइरहेका छन ?

नेपाली कांग्रेसको सदस्यता वितरणमा पनि हामीले बिधानमा केहि नयाँ व्यवस्था गर्न खोजिरहेका छौ । अब नेपाली कांग्रेस सदस्यता लिनका लागि कुनै खालको मादण्ड बन्ने छैन । जो सुकैले जहाबाट पनि नेपाली कांग्रेसको सदस्यता लिन सक्छन । तर, जसले नेपाली कांग्रेसको सदस्यता लिएको छ उसले एक वर्ष भित्रमा आफै सम्बन्धित ठाउमा गएर सदस्यता नविकरण गर्नुपर्छ ।

पहिले सदस्यता लिएकाहरुले एक वर्षभित्र नविकरण नगर्नेको सदस्यता खारेज हुने छ । जसजसले सदस्यता नविकरण गर्नुहन्छ उहाँहरु अनि नेपाली कांग्रेसको बास्तविक सदस्य बन्नु हुनेछ । उहाँहरु त्यसपछि निर्वाचनमा भागलिने अधिकारी वा उमेदवार बन्नुहुनेछ । अन्यथा पाइने छैन । किनकी अब नेपाली कांग्रेसमा साधारण र क्रियासिल सदस्य भन्ने रहदैन । हिजो साधारण सदस्य बनेको व्यक्ति क्रियासिल सदस्य बन्थ्यो तर, उ आफैलाई थाहा थिएन कि म नेपाली कांग्रेसको क्रियासिल सदस्य हुँ र क्रियासिल सदस्यले पार्टीमा यस्तो भुमिका खेल्नुपर्छ भन्ने थाहा नै नहुने अवस्था पनि आएको हो ।

त्यसकारण अब कोही पनि नेपाली कांग्रेसको सदस्य बन्न सक्ने व्यवस्थागर्न लागिएको हो । नेपाली कांग्रेसको सदस्यता बन्नका लागि हामीले केहि समय पछि नै अनलाइन फारमको व्यवस्था पनि गर्दैछौ ।

गएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि कांग्रेसमा नेतृत्व परिवर्तको कुरा उठेको छ । अहिले वरिष्ठ नेता देखि महामन्त्री सम्मले नेतृत्वको दावी गरिरहनु भएको छ । कांग्रेस नेतृत्व सहज रुपमा परिवर्तन हुने सम्भावना कती छ ?

अहिले नेतृत्व परिवर्तनको कुरा भन्दा पनि हामीले गएको निर्वाचनमा कति मत पाएका थियौ भनेर पहिले हेनुपर्ने हुन्छ । यसरी हेर्दा पपुलर मतमा कांग्रेस पछि परेको छैन । तर, निर्वाचन जित्नका लागि जहाँ जुनरुपको मत आवस्यक थियो त्यो हुन सकेन । प्रत्यक्ष निर्वाचनमा उठेका हाम्रा धेरै उमेद्वारहरु हारेका छन । यसमा कहि कतै कम्जोरी भएकै छ ।

हामीले जनतालाई आफो कुरा राख्न नसकेको तितो यथार्थ एका तिर छ भने अर्को तर्फ कांग्रेसको माथिल्लो तह देखि तल्लो तहसम्म रहेका नेता कार्यकर्ताले पनि निर्वाचनका समयमा केहि कमी कम्जारी गरेका छौ । यसकार सभापतिका कारण मात्र हारीयो र अव जित्नका लागि नेतृत्व परिवर्तन गर्न आवस्यक छ भन्नु पनि सान्र्दभिक हुन्छ जस्तो मालाई लाग्दैन ।

अर्को महात्वपुर्ण कुरा केहो भने दशवर्षे जनयुद्धलाई शान्ती सम्झौता मार्फत संसदीय प्रक्रियामा ल्याउने काम नेपाली कांगैसले गर्यो, संघिय लोकतान्त्रिक संबिधान निर्माण,आन्दालनमा गएका मधेशबादी दलहरुलाई निर्वाचनमा सहभागि गराउन देखि संबिधान बनेपछि पहिलो पटक भएको स्थानीयतह प्रदेश र केन्द्रीय निर्वाच सम्पन्न गराएर देशलाई एउटा दिशा दिन कांग्रेस सफल भएको छ ।

यसअर्थमा हामीले एकपटक चुनाव नजित्दैमा हारेको मान्नु हुदैन । अर्को जहासम्म नेतृत्व परिवर्तनको कुरा छ अब डेढवर्षमा पार्टीको महाधिबेशन आउदैछ । त्यासमा को को उमेद्वार बन्नुहुन्छ । कस्तो बढी बिश्वास पाउन हुन्छ उहाँले नेतृत् वगर्ने कुरा स्वभाविक हो ।

अहिलेको सरकार प्रति जनताको बितृष्णा बढेर गएको छ । सरकारले बहुमतको दम्भमा मनलागि गरिरहँदा आम जनताले प्रतिपक्ष खोजि रहेका छन । के कांग्रेस हराएकै हो ?

जनताले कांग्रेसलाई खोज्नु सहि कुरा हो । अहिले सम्म जाती देशमा परिवर्तन भएका छन ती कांग्रेसको पहमा भएका छन अब पनि कांग्रेस बिना देश चल्न सक्दैन भन्ने महशुस जनताले गरेका कारण कांग्रेस खोजिरहेको हुन तर, कांग्रेस हराएको छैन । बिगतमा प्रतिपक्षले जस्तो व्यवहार कांग्रेसले नगरेका कारण पनि सडकमा कांग्रेस नदेखिएकै हो र हामी अहिले सरकारले गरिरहेका काम मुल्यांकन गरिरहेका छन ।

अहिले सरकार अराजक भएर अगाडी बढी रहेको छ । दुइतिहाइको दम्भले गर्दा जनताका सामान्य भन्दा सामान्य अधिकारहरुखासिदै गएका छन । देशमा असुरक्षा बढिरहेको छ महंगीले जनता आक्रकान्त भएका छन । हामीले सरकारलाई पटक पटक सझउने काम गरिरहेको छौ । यति बलोसरकार पहिलो पटक नेपालमा गठन भएको छ । यसले देश र जनताका पक्षमा काम गर्नुपर्छ भन्ने कुरा भनिरहेका छौ ।