देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतका नेपाली पत्रकारबीच समाचार चोरीको बिषय चर्कियो

देशान्तर

लन्डन । बेलायती डायस्पोरामा समाचार चोरीको बिषय यो साता नेपाली पत्रकारवीच चर्चामा रहयो । एउटा सार्वजनिक कार्यक्रमको समाचार अर्काले सारेको झोकमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले सबै पत्रकारलाई चोर भनेपछि बहसको बिषय बनेको हो ।

बिषय प्रवेश

बेलायतमा नेपाली पत्रकारिताको अवस्था हेर्ने हो भने निकै नाजुक अवस्था छ । कुनै पनि अनलाईन पोर्टल नाफामुलक ढंगले चल्न सकेका छैनन् । आफ्नो काम सकेर शनिवार र आइतबार पत्रकारिता गर्ने पत्रकारको संख्या अधिक छ । करीव दुई दर्जन पत्रकार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाचारसँग जोडिएका छन्। तरपनि नेपाल पत्रकार महासंघ यूके शाखाका सदस्य संख्या भने करीव एकसय छ ।
पत्रकारिता क्षेत्रमा कार्यरत भन्दा चुनावी प्रयोजनका लागि सदस्य बनाइएका गैरपत्रकारको संख्या ८० प्रतिशत छ ।

बिशेष गरी बेलायतको आवासीय भिजाका लागि पत्रकारितामै काम गर्ने, बेलायती पासपोर्ट होल्डर, बेलायतमा कर तिरेर काम गर्ने अधिकार नभएका र उच्च शिक्षाका नाममा दश बर्षको अवधि पुर्याएर यहाँको कागजी प्रक्रिया पुर्याउन पत्रकारितामा जोडिएका गरि चार थरीका पत्रकार यहाँ सकृय छन् । ति पत्रकारलाई नजिकबाट नियाल्ने हो भने कसैले पनि पत्रकारिता गरेर खाने अवस्था छैन । पत्रकारितामै आवासिय भिजा लिएर बसेका पत्रकार समेत श्रीमतिको आम्दानीबाट दैनिक गुजारा चलाई रहेका छन् ।

नेपाली पत्रकारितालाई घिसिपिटी अघि बढाइरहेका नेपाली पत्रकारले समाचार सारेका बिषयलाई लिएर रोइलो गर्नु आफैमा आश्चर्यको बिषय बनेको छ । दैनिक तीन चार वटा कार्यक्रममा पुगेर समाचार संकलन गर्ने र छाप्ने कुरा प्राय असंभव छ । त्यो आर्थिक रुपमा निकै खर्चिलो हुन्छ ।
आयोजककै कारमा चढेर कार्यक्रममा जाने र उनीसँगै फर्किने पत्रकारिता यहाँ प्रचलनमा छ । जसलाई विज्ञापन रुपी सामाचार छपाउनु परेको हुन्छ उसैले घरघरबाट ल्याउने र पुर्याउने गर्छ । कार्य व्यस्तताले कार्यक्रममा जान संभव भएन भने एकअर्कामा समाचार आदान प्रदान गर्न प्राय सवै तयार छन् ।

विगतदेखि नै एक पत्रकार जाने र अर्कोलाई समाचार दिने चलन यहाँ सामान्य मानिन्छ । बेलायतमा उत्पादन गरिएका समाचारहरु खोजी भन्दा पनि प्रचार सामाग्रीहरु जस्ता छन् ।

यस्ता समाचार आयोजक आफैले पठाएर वा कतै प्रकाशित समाचारको लिंक पठाएर समाचार बनाउन अनुरोध गर्छन । त्यही लिंकबाट समाचारलाई उल्टोपाल्टो बनाएर अनलाईन वा प्रिन्टमा प्रकाशित हुने कुरा प्राय सवैलाई सर्वविदितै छ ।

मन परेका मानिसका बारेमा बढाई चढाई लेख्ने पत्रकारिता बेलायतमा फस्टाउदो छ । एक जना नेपाली व्यवसायी बेलायतमा हिउँमा चिप्लिएर हात मर्काउदा एक जना पत्रकारले आफ्नो अनलाईन पोर्टलमा मुख्य समाचार बनाए । यहाँ यस्तै पत्रकारिता चलेको छ ।

खादा, स्टेज र चाकडीमा अल्झिएर यसरी घिसिपिटी चलेको बेलायती पत्रकारीतामा समाचार सारेको बिषयलाई लिएर महासंघ यूके शाखाका बरिस्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्तीले सवै पत्रकारलाई चोर देख्नु आश्चर्य मानिन्छ । यदि सवै चोर पत्रकार भए उनी स्वयं चोरका नेतृत्वकर्ता हो । होइन भने जसले उनको समाचार चोरेको छ, त्यस समाचार पोर्टल वा व्यक्तीको नाम सार्वजनिक गर्न सक्नु पर्यो । समाचार चोरीका बिषयमा बोल्ने तर व्यक्ती तथा संस्था का बिषयमा मौन बस्नु आफैमा आश्चर्यजनक बिषय देखिन्छ ।

अर्को कुरा लेखमा जसरी गजल कार्यक्रम सफल भनिएको छ । त्यो कार्यक्रममा गजल प्रस्तुत गर्न अतिथिका रुपमा रहेका करुण थापाको बेलायत आउने भिजा लागेन । त्यो कुरा आयोजकले अन्तिम सम्म गोप्य राख्यो । पत्रकार तथा साहित्यकार नै सम्मिलित गजलमा सार्वजनिक नगरिएका बिषय अर्यालजीको समाचारमा पर्न सकेन । उल्टो उनले कार्यक्रम सफल भएको घोषणा गरे । मानौ उनी न्यायमुर्ति हुन, उनले घोषणा गरेपछि सफल भयो ।

खादामा अल्झियो पत्रकारिता

यहाँको पत्रकारिता सत्य तथ्य समाचार लेख्न भन्दा पनि स्टेजमा गएर आयोजकबाट खादा लगाउन पाइन्छ कि पाइदैन चिन्तामा रुमलिन थालेको छ । आफुले स्टेज माइक र खादा पाउँदा चाकडीको समाचार आउने गर्छ । त्यो सुविधा आफूले नपाउने विरोधमा समाचार आउने र चोरी आरोप प्रत्यारोप सुरु भएको छ । गत महिना प्रतिभा नक्षत्रको कार्यक्रममा उनै बरिष्ठलाई स्टेज नदिएको झोकमा समाचार आयो । आफुले लेखेको समाचार यहाँ सवैलाई उनलै बाडेको प्रस्टै बुझिन्छ । पत्रकार अर्यालको नाममा छापिएका समाचार र अन्य अनलाईनमा छापिएका समाचार हुवहु छन् । बेलायतमा गाउँ वा वडा स्तरमा खुलेका संघसस्थामा गरेको काम न काजका भाषण सामाजिक संजालमा राख्ने रमाउने बेलायती पत्रकारले चुनावी प्रयोजनका लागि कस्ता व्यक्तीलाई सदस्यता दिए भन्ने बारेमा जान्न पनि जरुरी छ ।

बेलायतमा नेपाली पत्रकारिता नै नगरेका व्यक्तीलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले सदस्य बनाई दियो । निर्वाचन प्रयोजनका लागि बनाइएका सदस्यबाट पत्रकारिताको आस गर्ने स्वय उनको बचपना देखिन्छ । बरिष्ठजीले एउटा कुरा थाहा पाउनु पर्ने हुन्छ आँप रोपेर सुन्तला फल्दैन । आँप आँपै फल्ने हो । जस्ता मानिस पत्रकारितामा ल्याउनु भयो, त्यसको परिणाम त सवैले भोग्नै पर्छ ।