देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : उपराष्ट्रपति पुन

देशान्तर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

चीनको छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्रा्ष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले कुनैपनि हालतमा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको बताएका छन ।

त्यस्तै उनले सन् २००० देखि आयोजना भइरहेको मेलाले चीन तथा सहभागी मुलुकहरुलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोड्न सहयोग गरेको पनि बताए ।

समय समयमा भएका उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानबाट द्विपक्षीय सम्बन्ध थप मजबुत र फराकिलो हुँदै गएको भन्दै उनले पछिल्लो केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएको बताए ।