देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच वार्ता हुँदै

देशान्तर

काठमाडौँ । मुलुकी अपराध संहिता ऐन–२०७४ मा संशोधनको माग गर्दै आन्दोलनरत चिकित्सकसँग स्वास्थ्य मन्त्रालयले वार्ता गर्ने भएको छ । चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिललाई आफ्नो प्रमाणपत्र समेत बुझाएर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सकहरूलाई वार्तामा बोलाएको हो ।

आन्दोलनरत चिकित्सकहरूसँग सोमबार वार्ता हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । डाक्टरहरूले सेवा नै ठप्प पारेर आन्दोलन सुरु गरेपछि स्वास्थ्य मन्त्रालयले छलफल गरेर वार्ताका लागि बोलाएको हो ।

स्वास्थ्य मन्त्रालयमा हुने वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, महासचिव लोचन कार्की र अन्य दुईजना चिकित्सक सहभागी हुँने बताइएको छ ।

नेपाल चिकित्सक संघले पनि स्वास्थ्य मन्त्रालयले छलफलका लागि बोलाएको तर, के कुरामा छलफल हुन्छ भन्ने बिषयको भने जानकारी नभएको जनाएको छ ।

मुलुकी अपराध संहिता ऐनमा इलाजसम्बन्धी कसूरमा संशोधनको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरूले आज देशभरका अस्पतालको प्रशासनिक काम बन्द गराएका छन् ।

१९ गते आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, २० गतेदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरू बन्द गर्ने संघले घोषणा समेत गरेको छ ।