देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुघाखोकी लाग्दा यस्तो घरेलु ओखती खानुपर्छ

देशान्तर

काठमाडौं । सामान्य अवस्थामा रुघाखोकी लागेमा त्यसलाई ख्याल गरेर घरेलु उपचार गर्ने हो भने केहि दिनभित्र ठिक हुन्छ । अझै धेरै दिनसम्म सताउन छोडेन भने तपाईंले चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ ।रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउनुभयो भने आरम मिल्छ । जसले साइड इफेक्ट बिना रुघाखोकी निको बनाउँछ ।

१. बेसार

रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।

 

२. तुलसी

तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन् । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । तपाई यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सक्नुहुन्छ ।

 

३. अदुवा

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।

 

४. अलैंची

अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ ।

 

५. हर्बल चिया

टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस् । यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ । त्यस्तै तपाईले रुघाखोकी लागेमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसभएको तातो खानेकुरा खाने गर्नुभएमा यसले पनि तपाईलाई आराम गर्छ । तर, रुघाखोकी लागेको बेलामा धुमपान मद्यपान भने नगर्नुहोस् ।