देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी खानेकुरा जसले तपाईंलाई सधैं जवान राख्छ

देशान्तर

काठमाडौं । उमेर बढ्दै गएपछि छाला र स्वास्थ्यसम्बन्धी अनेकौं समस्या भोग्नुपर्ने हुन्छ । तर उमेर बढ्दाखेरी पनि जवान देखिन चाहनुहुन्छ भने सलाद खाने गर्नुस् । सलादमा फलफूल र सागपात पर्छन् । तर अन्य किसिमका सलाद पनि हुन्छन् । सलाद खानुका फाइदा यस्ता छन् :

तौल नियन्त्रण
केही मानिसलाई बारम्बार खाने बानी लागेको हुन्छ । यसले गर्दा उनीहरूको तौल बढ्दै जान्छ । तपाईंलाई यस्तो बानी लागेको छ भने खानामा सलाद लिने गर्नुस् । यसले तपाईंको पेट पनि भरिन्छ अनि तौल पनि बढ्दैन ।

अनिद्रा
सलादले अनिद्राको समस्या हटाइदिन्छ । तपाईंलाई राम्रो निद्रा लाग्ने गरेको छैन भने दिनदिनै सलाद खानुस् ।

निरोग
सलादमा भएको एन्टीअक्सिडेन्ट र फाइबरले शरीरलाई रोग लाग्न दिँदैन । यो खाँदा पेट सफा हुन्छ र कब्जियतको समस्या हुँदैन ।

चम्किलो अनुहार
सलादको सेवनले छाला प्राकृतिक रूपमा चमकदार हुन्छ ।

मांसपेशी
हरियो सलादमा नाइट्रेट प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशीमा अधिक प्रोटीन बनाउँछ । प्रोटीनले मांसपेशी बलियो हुन्छ ।- एजेन्सी