देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्ता छन् अनुहार चम्किलो बनाउने घरेलु उपाय

देशान्तर

काठमाडौँ । अनुहार चम्किलो बनाउनका लागि मानिसहरू निकै प्रयास गरिरहेका हुन्छन्। कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन्

-अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुपर्दछ । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म पखाल्नु हुँदैन । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ ।

-मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाउन पनि सकिन्छ । यसरी लगाएको पेस्ट केही समयपछि सफा गर्दा अनुहारमा चमक देखिन थाल्छ ।

-कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्दछ ।

-दही खाँदा जति स्वादिलो हुन्छ, त्यति नै अनुहारमा चमक ल्याउन पनि फाइदाजनक छ । दहीमा कागती मिसाएर अनुहारमा लगाउँदा छाला चम्किलो तथा मुलायम बन्छ ।