देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधान सम्पादक राणालाई पोर्चुगलमा सम्मान

देशान्तर

लिस्बन (पोर्चुगल) । नेपाली जनसम्पर्क समिति पोर्चुगलले युरोप भ्रमणको क्रममा लिस्बन पुगेका देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणालाई एक समारोहका बीच सम्मान गरेको छ । गत साता स्थानीय स्वयम्भू नेपाली रेस्टुरेन्टमा भएको सम्मान कार्यक्रममा समितिका अध्यक्ष विनोद घिमिरे, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले खादा ओढाएर राणालाई सम्मान गरेका थिए ।

सम्मान तथा छोटो अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि राणाले ३० हजारभन्दा बढी नेपालीहरू बसोबास गर्ने पोर्चुगलमा राजदूतावास तत्काल स्थापना नगरे पनि महावाणिज्य दूतावास स्थापना हुने सम्भावना रहेको र त्यसका लागि आफूले पहल गर्ने बताए । त्यसैगरी नेपाली कांग्रेसले संघीयता अनुरूप विधान संशोधन गर्न लागेकोले विधानमा जनसम्पर्क समितिहरूको व्यवस्थाको बारेमा भएको विवादहरूलाई निरूपण गर्न पनि आफूले पहल गर्ने बताए ।

हाल जनसम्पर्कको अन्तर्राष्ट्रिय समन्वय समिति, युरोप समन्वय समिति र पाँच सय जना क्रियाशील सदस्य भएका मुलुकलाई मात्र मान्यता दिने जस्ता विवादका कुरा अन्तक्र्रियामा उठेको थियो । तथापि नेपाली कांग्रेसले पाँच सयभन्दा कम क्रियाशील सदस्य संख्या भएका मुलुकहरू डेनमार्क, नर्वे, लक्जेम्वर्गलाई मान्यता दिइसकेको छ । यस सम्बन्धमा पनि राणाले आफूले पहल गर्ने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सापकोटा, अध्यक्ष घिमिरे र एनआरएनए पोर्चुगलका अध्यक्ष कार्कीले कांग्रेस र पोर्चुगलवासी नेपालीले भोगेको समस्याबारे प्रकाश पारेका थिए । जनसम्पर्क समितिका महासचिव दामोदर भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कांग्रेस महासमिति सदस्य चिजकुमार तामाङ, युवा नेता सुशील शर्मा, एनआरएनए पोर्चुगलका उपाध्यक्षलगायत नेपाली कांग्रेसका वरिष्ठ क्रियाशील सदस्यहरूको उपस्थिति थियो । समारोहमा संयुक्त अधिराज्य बेलायत तरुण दलका उपाध्यक्ष एवं क्रियाशील पत्रकार एभरेस्ट गौतमलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी नेप्लिज जर्नालिस्ट क्लब पोर्चुगलले पनि वरिष्ठ पत्रकार राणालाई सम्मान गरेको थियो । क्लबका अध्यक्ष राजकुमार थापाको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा पोर्चुगलमा क्रियाशील अधिकांश पत्रकारहरूको उपस्थिति थियो ।