देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आकस्मिकबाहेक सबै सेवा बन्दः संघ

देशान्तर

काठमाडौँ । नेपाल चिकित्सक संघले भोली बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो । संघले राजधानीमा रहेका स्वास्थ्यकर्मीहरु दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गर्नेसमेत जनाएको छ ।

चिकित्सक संका अध्यक्ष मुक्तिराम श्रेष्ठले एक दिन बन्द गर्दा देशभरका स्वास्थ्यकर्मीको आवाज सरकारले नसुने शुक्रवारदेखि अनिश्चितकालिन रुपमा सेवा ठप्पा पार्ने बताए । उनले एकदिनको बन्दपछि पनि सरकारले चासो नदिएमा त्यसपछि अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने बताए ।

डा. केसीले सरकारले हालै संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि डा. केदारभक्त माथेमाको संयोजकत्वमा यस सम्बन्धमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन् । उनी विगत १९ दिनदेखि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरन छन्। यो उनको १६ औं अनशन हो ।

सरकारले सोमबार साँझ डा. केसीका प्रतिनिधिसंग वार्ताका लागि टोली गठन गरेको छ । डा. केसीका प्रतिनिधि र टोलीबीच दुई पटक अनौपचारिक छलफल भएपनि सहमति भएको छैन। डा. केसी संसदबाट विधेयक फिर्ता हुनुपर्ने अडानमा छ भने सरकारी पक्षले उनलाई जुम्लाबाट काठमाडौं आउन तयार हुनुपर्ने बताउँदै आएको छ ।