देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी प्रतिनिधि र केसीपक्षबीच आज पनि वार्ता

देशान्तर

काठमाडौँ । १९ दिन देखी अनशनरत डा. गोविन्द केसी पक्षबीच र सरकारी पक्षबीच आज फेरी वार्ता हुने भएको छ । यसअघि सरकारी वार्ता टोली र अनशनरत डा. केसी पक्षबीच मंगलबार दुई चरणमा वार्ता भए पनि कुनै समझदारी हुन सकेन ।

हिजो पनि दुई पक्षबीच छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो अडामा कायमै छन् । उता १९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

सेप्सिसको उच्च जोखिममा रहनुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको हो । उहाँलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको छ ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ । रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ ।