देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

   अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अत्यन्त जटिल

देशान्तर

काठमाण्डौ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी १५ दिनदेखि अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अत्यन्त जटिल बनेको छ । तीन दिन देखि हेलिकोप्टरबाट केसीलाई काठमाडौं ल्याउने भनिएपनि प्रतिकुल मौसमका कारण सफल नभएको बताइएको छ ।

डा। केसीको स्वास्थ्यस्थिति नाजुक बनेपछि सरकारले हेलिकप्टर त्यसतर्फ पठाएका थियो । यद्यपी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशन बसिरहेका डा के।सीले आफ्नो माग पुरा नहुँदा सम्म जुम्ला नछाड्ने अडान लिएका छन । डा। केसी बेला बेल अचेत हुने समस्या देखा परेको उपचारमा संलग्न डा।

प्रवीण गिरीले जानकारी दिए । मस्तिस्कमा रक्तसञ्चार कम हुनुका साथै शरीरमा अक्सिजन र ग्लुकोजको मात्र अत्यन्त न्युन भएको छ । यसैबीच नेपाल चिकित्सक संघले मुलुकभरका सरकारी अस्पतालमा आजपनि एक घण्टा धर्ना दिँदैछ । कालो पट्टि बाँधेर सेवा गरिरहेका त्रिवि शिक्षक अस्पतालका रेजिडेन्ट चिकित्सकले भोलीदेखि आकस्मिक बाहेकका सेवामा सरिक नहुने निर्णय गरेका छन् । स्वास्थ्य मन्त्रालयले चिकित्सक वा स्वास्थ्यकर्मीले बन्द हड्ताल गरे कारबाही गर्ने चेतावनी दिएको छ ।