देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति पोर्चुगलको उपाध्यक्षमा कोइरालाको उम्मेदवारी

देशान्तर

पोर्चुगल । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको केन्द्रीय उपाध्यक्ष पदमा सुमन कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छ । समितिको आसन्न अधिवेशनमा पोर्चुगलको अल्गार्वमा बस्दै आएका कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यही जुलाई २२ तारिखका दिन लिस्बनमा समितिको पाँचै अधिवेशन हुँदैछ । उक्त अधिवेशनले समितिको नयाँ कार्यसमिति चयन गर्र्दैछ ।

समितिको केन्द्रमा क्षेत्रको प्रतिनिधित्व साथै समन्वयकारी भूमिका निर्वाह गर्न आफूले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको कोइरालाले देशान्तरलाई बताए ।

विगत एक दशकदेखि पोर्चुगलमा बस्दै आएका कोइराला विभिन्न समाजिक संघ संस्थामा आवद्ध भई काम गर्दै आएका परिचित व्यक्तित्व हुन् । उनी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा क्रियाशिल थिए ।