देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवादको वातावरण मिलाऊः प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग सम्वादको बातारण मिलाई दिन नेपाल चिकित्सकसंघ संग आग्रह गरेका छन ।

अनसनको षियलाई लिएर सरकारको आलोचना बढेपछि प्रधानमन्त्रीले अनसनरत केसी संग फोनवार्ता गर्न खोजेकाले वातावरण मिलाईदिन नेपाल चिकित्सक संघसंग आग्रह गरिएको हो ।

प्रधानमन्त्री कार्यलय र उहाँको निजी सचिवालयले डा.केसीसँग सम्वादका लागि वातावरण बनाइदिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको संघले जनाएको छ । नेपाल चिकित्सक संघका अनुसार अध्यक्ष मुक्तिराम श्रेष्ठले प्रधानमन्त्रीको सन्देश डा. केसीसम्म र्पुयाएका छन ।

प्रधानमन्त्री ओली आफैंले डा. केसीसँग फोनमा नै सम्वाद गर्न चाहेको भएपनि अहिले सम्म केसी पक्षबाट कुनै जवाफ नआएको बताइएको छ । उता, केसीका सहयोगी किशोर केसीले भने अहिले सम्म प्रधानमन्त्रीको औपचारिक प्रस्ताव आइनपुगेको जानकारी दिएका छन ।

चिकित्सक संघले आइतबार साँझ मात्र प्रधानमन्त्री ओलीलाई भेटेर डा. केसीको जीवन रक्षा गर्न माग गरेको थियो । संघले ७२ घन्टा सरकारलाई पर्खने र नभए आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।