देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वस्थ्य भएर स्वदेश फर्कदै

देशान्तर

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे आज भारतमा उपचारपछि स्वास्थ्य लाभगरि नेपाल फर्कदै हुनुहुन्छ । उहाँकी छोरी उषा अधिकारीका अनुसार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारपछि पूर्ण रुपमा स्वस्थ्य भएर उहाँ नेपाल फर्कन लाग्नुभएको हो । “भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ”, अधिकारीले भन्नुभयो, “त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो ।”

राष्ट्रकवि बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कनुहुनेछ । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यही जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट क्याबिनमा सारिएको थियो ।

नयाँदिल्ली जानुअघि उहाँको वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उहाँको उपचारमा संलग्न थियो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर पनि जानुभएको थियो । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ ।