देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कामनपा २९ वडाले एकहजार पाउन रगत दिने

देशान्तर

काठमाडौ महानगरपालिक वडा नम्बर २९ बिभिन्न अस्पतालमा भईरहको रगत अभावलाई सहयोग गर्न उदेश्यले शनिवार बृहत रक्तदान कार्यत्रम आयोजना गरेको छ ।

२९ नम्बर वडाको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा छिमेकि वडा र काठकमाठौ आनामनगर,घट्टेकुलो र मैतिदेवी आसपासमा बस्ने सबैलाई रक्तदान गर्न आग्रह गरेको छ ।

२९ वडाका वडा अध्यक्ष कुशकुमार ढकालले गर्मी मौसममा धेरै विरामीलाई रगतको अभाव हुने र स्वास्थ्य संथाहरुमा समेत अवस्यक रगको अभाव भएकाले रक्तदान कार्यक्रम राखिएको बताए ।

रक्तदान कार्यक्रमाका आयोजक वाडा सदस्य अर्जुन कुमार श्रेष्ठ र स्थानीय समाज सेवी प्रमोद बास्कोटाले बिभिन्न स्वास्थ्य संस्थाहरुलाई एकहजार पाउन सम्म रगत उपलब्ध गराउन लागिएको बताए ।

रक्तदान कार्यक्रमका मुख्य अतिथि निर्वातमान सशस्त्र प्रहरी महानिरक्षक सिंह बहादुर श्रेष्ठले रक्तदान जिवन दान भएकाको र आफ्नो एक थोपा रगतले कसैको जिवन बच्छ भने यसमा सबैको सहयोग आवस्यक हुने बताए ।

रक्तदान कार्यक्रम भोली सनिवार बिहान १० बजेदेखि अनाम नगर चोकमा सुरु हुनेछ । कार्यक्रममा बिभिन्न सरकारी निकायमा रहेका कर्मचारीहरु समेत सहभागि हुने बताइएको छ ।