देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानी परिवारले माग्यो ३० लाख ब्लडमनी हत्या आरोप लागेका उमेशसँग

देशान्तर

काठमाडौें । पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवसँग पीडित परिवारले ३० लाख ब्लड मनी मागेको छ । मृत्युदण्ड पाएका उमेशलाई माफी दिन तयार भएको वासिफको परिवारले उमेशसँग ३० लाख पाकिस्तानी पैसा मागेको उमेशका तर्फबाट माफी माग्न पाकिस्तान पुगेका सरोज रायले जानकारी दिनुभएको छ ।

परिवारले पाकिस्तानी ३० लाख अर्थात झण्डै २८ लाख रुपैयाँ ब्लडमनी मागेको छ । ब्लडमनी तिर्नुपर्ने समय भने उल्लेख गरिएको छैन । परिवारसँग भएको सहमतिका विषयमा पाकिस्तानमा रहेको नेपाली दूतावास र परराष्ट्र मन्त्रालयमा समेत जानकारी गराइएको छ ।

 

साथै ब्लड मनीका लागि सहयोग गर्न विश्वभरका नेपालीलाई अपिल पनि गरिएको छ ।११ वर्ष अघि पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको अभियोगमा पक्राउ परेका उमेशलाई ६ वर्षअघि साउदीको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।