देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्पतालमा बिरामी एलर्जी र रुघाखोकीका विरामीको चाप बढ्यो

देशान्तर

काठमाडौ । गर्मीयाम सुरु भएसँगै अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालहरुमा अहिले एलर्जी तथा रुघाखोकीका बिरामीको चाप बढेको हो । गर्मीयाम सुरु भएसँगै मानिसमा एलर्जी र रुघाखोकीको समस्या देखिन थालेको छ ।

 

 

यसैगरी, जन्डिस, टाइफाइड, झाडापखाला, आँखा र छालासम्बन्धी संक्रमणका बिरामी पनि बढेका छन् ।काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनले निर्मलीकरण नगरिएको पानी, बासी, चिल्ला र अस्वस्थ खाना खाएर बिरामी हुनेहरु बढ्दै गएको बताए ।चिकित्सकहरुले धुवाँ र धुलोबाट बच्ने उपाय अवलम्बन गर्न सुझाव दिएका छन् ।

 

घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, सनग्लासको प्रयोग गर्न, सनस्क्रिन प्रयोग गर्न, प्रशस्त पानी पिउन उनीहरुले सुझाव दिएका छन् ।त्यसैगरी, बासी र सडेगलेको खानेकुरा नखान, फलफूल तथा तरकारी राम्रोसँग पखालेरमात्र खानुपर्ने उनीहरुले बताएका छन् ।