देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सावधान ! पेनकिलरले भित्री अंगलाई नष्ट गर्छ

देशान्तर

काठमाडौं । शारीरिक दुखाई, असजिलोबाट छुटकारा पाउनका लागि हामी थरीथरीका औषधी चपाउँछौं । औषधीको प्रभावले त्यस्ता दुखाई ठिक पनि हुन्छ । वास्तवमा हामी जे जति औषधी सेवन गर्छौं, त्यसको असर शरीरलाई हुन्छ नै । लगभग हरेक रसायन मिश्रति औषधी शरीरको लागि हानिकारक हुन्छ ।

त्यसैले त कतिपयले प्राकृतिक उपचार पद्धती अपनाउँछन् । कतिपयले आयुर्बे्दिक औषधी सेवन गर्छन् । भनिन्छ, यस्ता उपचार विधी एवं औषधीको शरीरका कुनै साइड इफेक्ट हुँदैन ।

खासगरी शरीरको दुखाई कम गर्न हामी पेन किलर सेवन गर्छौं । पेन किलर शरीरको लागि हानिकारक हुन्छ । यदि कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ ।

दममा

केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । नियमित मात्रामा पेन किलर सेवन गर्दा त्यसले फोक्सोको समस्या निम्त्याउँछ ।

 

 

पेटमा घाउ हुनसक्छ

पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा ग्यासको समस्या ल्याउने संभावना हुन्छ । छातीमा जलन, पेट दुखाई, नमिठो डकार, वान्ता हुनसक्छ । यसले क्रमस पेट सुन्निने समस्या ल्याउँछ । यो क्रम जारी रहेमा पेटमा घाउ आउन सक्छ ।

 

मुटुको रोग

लामो समयसम्म कुनैपनि पेनकिलर सेवन गर्दा त्यसले मृगौलाको रोग निम्त्याउँछ । कलेजोलाई हानी गर्छ । मानसिक रोगी बनाउँछ । किनभने पेन किलरले रगतलाई दुषित बनाउँछ । यसले हृदयघातको समस्या पनि ल्याउन सक्छ ।

 

 

कलेजो सुन्निने

पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।

 

 

रक्तश्राव हुनसक्छ

एक अध्ययन अनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरानक छ । कुनैपनि पेनकिलर औषधीको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ । यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौंलालाई हानी हुने खतरा रहन्छ ।

 

 

गर्भपात

गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । पेनकिलरको सेवनले गर्भपानत हुने खतरा रहन्छ ।

 

 

रक्तचाप बढ्छ

पटक पटक पेनकिलर सेवन गर्दा त्यसको लत लाग्छ । यस औषधीले लगातार सेवनले उच्च रक्तचाप बढ्न सक्छ ।