देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने ट्रम्पको तयारी, रुसलाई समेत चेतावनी

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने संकेत गर्दै रुसलाई तयार भएर बस्न चेतावनी दिएका छन् । सिरियामा भएको रासायनिक हमलामा बशर अल असदको सरकार र उनको सहयोगी मुलुक रुस जिम्मेवार रहँदै आएको अमेरिकाको भनाइ छ । अमेरिकाले सिरियामा नरसंहार रोक्न जवाफी कारवाही गर्ने चेतावनी दिदैं आएको छ ।

पछिल्लोपटक अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्र हमला गर्न सक्ने चेतावनी दिएका हुन् । उनले सिरियामा हुने अमेरिकी कारवाहीका लागि रुसलाई समेत तयार रहन चेतावनी दिएका हुन् । रुसी सहयोगमा सिरियाली सरकारले रासायनिक हतियारको आक्रमण गरेको आशंका रहेको भन्दै उनले जवाफमा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएका हुन् ।

यसअघि रुसले सिरियामा गरिने क्षेप्यास्त्रलाई बीचमै खसालिने बताएको थियो । जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘रुस तयार रहोस्, सिरियामा आउने क्षेप्यास्त्रहरु नयाँ, राम्रो र तिव्र गतिका हुनेछन् ।’ यसैबीच सिरियाली प्रशासनले भने अमेरिकाजस्ता मुलुकबाट आउने गैरजिम्मेवार अभिव्यक्तिले कुनै फरक नपर्ने जनाएको छ ।