देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कश्मिरमा सुरक्षाकर्मी र लडाकु दोहोरो संर्घर्षमा, २० जनाको मृत्यु

देशान्तर

भारत प्रशासित जम्मु कश्मिरको दक्षिणी शोपिया जिल्लामा भएको संघर्षमा कम्तिमा २० जनाको मृत्यु भएको छ । द्रागडा गाउँमा सुरक्षाकर्मी र लडाकु समुहबीचको संघर्षमा मारिनेमा तीन जना भारतीय सैनिक र १३ जना लडाकु रहेको बताइएको छ । कम्तिमा ७० जना घाईते भएका छन् ।

सुरक्षाकर्मीले गरेको कारवाहीका समयमा स्थानीयले प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका क्रममा हिंसा भड्किंदा प्रहरीले चलाएको गोली लागेर तीन जना सर्वसाधारण मारिएका छन् ।

एक जना लडाकुले आत्मसमर्पण गरेको अधिकारीहरुले जनाएका छन् । संघर्षका कारण करिब ३ हजार जनसंख्या रहेको गाउँमा स्थानीय फसिरहेका छन् । कश्मिरको दक्षिणी क्षेत्रमा लामो समयदेखि सुरक्षाकर्मी र लडाकुबीच संघर्ष चल्दै आएको छ ।