देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढी प्रिमियर लिग डीपीएलः काठमाडौं गोल्डेन्सद्धारा विजयी सुरुवात

देशान्तर

धनगढी । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्सले सुखद सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले धनगढी टिम चौराहमाथि ७ विकेटको सहज जित हात पारेको हो ।

उसको सुरुवात राम्रो रहृयो । अनिल श्रेष्ठले पहिलो विकेटका लागि जयमिशन कोल्सावालासँग ५९ रनको साझेदारी गरे । कोल्सावाला १६ रनमा आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १० र सन्नी पटेल पनि ७ रनमाआउट भए । तर, नरेश बुढायरले चौथो विकेटका लागि अविजित ५४ रनको साझेदारी गर्दै जित दिलाए । श्रेष्ठ ८१ र बुढायर २४ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन मात्र बनाएको थियो ।

उसका लागि आक्रामक पारी खेलेका सुनिल धमलाले ५७ बलमा ६८ रन बनाए भने शंकर रानाले ३६ रन जोडे । तर, साहब आलमले १८ औं ओभरमा लगातार तीन विकेट लिए ।

तेस्रो बलमा सुजिन धमलाकको विकेट उनले अर्को बलमा सोमपाल कामीलाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । ओभरको पाँचौं बलमा सोनु तामाङको विकेट लिँदै यू–१९ बलर साहबले हृयाट्रिक पुरा गरे ।