देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुँदै वार्नरले माफी मागे

देशान्तर

काठमाडौँ । ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् ।बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै प्रतिवन्ध हटेपछि पनि कप्तान कहिल्यै कप्तान नबनाइने क्रिकेट अष्ट्रेलियाले बनाएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार वार्नर मानिएको छ । यद्यपि, यसबारे छानविन जारी छ ।शनिबार पत्रकार सम्मेलन गरेर वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने बताए । साथै उनले आँखाभरी आँसु पार्दै क्रिकेट अष्ट्रेलियाका सबै समर्थकसँग माफी मागेका छन् ।