देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बल टेम्परिङमा मुछिएका वार्नर रुँदै घर फर्किए

देशान्तर

काठमाडौँ ।बल टेम्परिङको विवाद आएका खेलाडी डेविड वार्नर स्वदेश फर्किएका छन । अष्ट्रेलियन क्रिकेट टिमका प्रशिक्षक ड्यारेन लेमनले पदबाट राजिनामा दिएको केही घण्टापछि सिड्नी विमानस्थलमा पुगेका वार्नरले आफूलाई केही दिन आराम चाहिएको, त्यसपछि मात्र स्पष्ट प्रतिक्रिया दिने बताएका छन । मिडियामा नजरमा नपरियोस भनेर राति अबेर विमानस्थलमा ओर्लिएका वार्नरलाई केही मिडिया कुरेरै बसेका थिए ।

श्रीमती र दुईवटा छोरीसँगै स्वदेश फर्केका वार्नरको आँखामा आँसु देखिएको थियो । साथै उनकी श्रीमती कान्डिस भने निकै भावुक भएकी थिइन् । भावुक मुद्रामा देखिएका वार्नरसँग मिडियाले कुराकानी गरिरहँदा उनकी श्रीमती भने रोएकी थिइन् । उनलाई सम्हाल्नका लागि वार्नरले गेट बाहिर लगेका थिए ।

अष्ट्रेलियन क्रिकेट बोर्डले स्मिथ र वार्नरलाई एक एक वर्षको प्रतिबन्ध लगाएको छ । यस्तै बलर क्यामरुन बेनक्राफ्टले पनि पत्रकार सम्मेलनमा गल्ती स्वीकारीसकेका छन् ।