देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वस्थ र अाकर्षक छालाका लागि योग

देशान्तर

काठमाडौँ । योगको शुरुवात परापूर्वकालदेखि ध्यान, आराधाना हुँदै अहिले पाश्चात्य जगतमा योग कक्षा, योग शिविरको नयाँ चलन बन्दै गएको छ । विश्व योग दिवस भने २१ जुन मनाईन्छ भने नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाईन्छ।

योगमा श्वासप्रश्वासको माध्यमबाट निश्चित आसनमा शरीरबाट श्वास फाल्न, हाँस्ने र व्यायामका विभिन्न आसनबाट शरीरका मांसपेशी, हड्डी, भित्रि अङ्गहरुमा पुग्ने सकारात्मक असरबाट विभिन्न फाइदाहरु पुग्छ । जसमा योगले छालामा पनि सकारात्मक प्रभाव पारेको हुन्छ।

मानिसको शरीर कति स्वास्थ्य भन्ने अनुमान उसको छालाबाट पनि गर्न सकिन्छ । घाम, पानी, हावा, धुलो , चोटपटक, भित्रि रोगहरुको प्रभाव, संक्रमणहरुबाट छाला बिग्रीरहेको हुन्छ।

यहि कुरालाई स्विकार गरे अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले योग गर्न सल्लाह दिएको पाइन्छ । योगले मानसिक सन्तुलन राख्ने, चिन्ता कम गर्ने, स्वास्थ्यको गुणस्तर बढाउने, निन्द्रा जगाउने, फूर्तिलो बनाउने, कब्जियत कम गर्ने, महिनावारी नियमित गर्ने, नङ, कपाल पनि स्वास्थ्य र सुन्दर बनाउन सहयोग गरिरहेको हुन्छ।

योगले रगतमा अक्सिजनको मात्रा सन्तुलित राख्ने, दिमाग, छाला र शरीरबिचको घनिष्ठता बढाउने र शरीरमा आवश्यक हर्मोन, इन्जाइम्स र रोग प्रतिरोधात्मक क्षमता बढाउनमा पनि मद्धत गर्छ।

रोग प्रतिरोधात्मक क्षमताको बृद्धिको कारणले छालामा लाग्ने रोगहरु जस्तै डण्डीफोर, कपाल झर्ने, चिलाउने, डाबर, घाउ–खटिरा, पसिना बढी आउने, नङ टुट्ने जस्ता अनेक समस्यासँग जुध्न सहयोग पुर्‍याएको हुन्छ।

धेरै पैसा खर्च गरेपनि रोग बल्झिरहेको हुन्छ । योग अभ्यास सफा तन, मन र सफा कपडा र सफा स्थानमा गर्नु पर्ने भएकाले यो स्वास्थ्यको लागी अपरिहार्य बन्दै गएको हो ।

धेरै बर्षदेखि विकसित तथा विकासिल देशहरुमा योग सम्बन्धी अनुसन्धान पनि भएका छन् । यी अनुसन्धानले योगालाई आधुनिक चिकित्सा प्रणालीको अतिरिक्त उपचार भनेको छ।

प्राकृतिक रुपमा बिहानको घामबाट भिटामीन डि पाइने अनि योग अभ्यासबाट शरीरमा अक्सिजनको मात्रा सजिलै पुग्ने, मानसिक तनावबाट मुक्ति दिने, शरीरमा भएका विषादी तत्वलाई कम गर्ने, शरीरका ग्रन्थीहरुले राम्रोसंग काम गर्ने र  छालामा चमक ल्याउन योगले मद्धत गर्छ ।

दैनिक योग अभ्यासले निन्द्रा, भोक र प्यासको सन्तुलन दिन्छ भने यौन समस्यालाई पनि निको गर्छ । योग अभ्यास गर्ने व्यक्तिहरुको शरीरमा शुक्रकिट र डिम्वहरु स्वस्थ रुपमा हुर्कने हुन्छ । नियमित योगाले भविष्यमा जन्मने बच्चाहरु सुन्दर, स्वस्थ, ज्ञानि र संस्कार अंगालेका हुने योग गुरुहरुको भनाई  ।

यद्यपी योग बाहेक बैज्ञानिकहरुले पुष्टि गरेका चिकित्सहरुको सल्लाह बमोजिम उपचार पनि संगै लैजानु पर्छ ।