देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसी विश्वकप छनोट प्ले अफको सातौँ स्थानको लागि नेपाल र नेदरल्याण्ड भिड्दै

देशान्तर

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्ले अफको सातौ स्थानका लागि शनिबार नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । क्वेक्वे स्पोटर््स क्लबमा नेपाली समयअनुसार १ बजेर १५ मिनेटम यी दुई टिमले प्रतिस्पर्धा गर्ने छन् ।
दुवै टिम जित हात पार्दै सुखद अन्त्य गर्ने दाउमा छन् । जारी प्रतियोगितामा ऐतिहासिक एक दिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाएको नेपाल उच्च मनोबलमा छ । यता नेदरल्याण्डले भने जारी प्रतियोगितामा सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् ।
नेपाल र नेदरल्याण्डले सन् २०१४ देखि अहिलेसम्म ४ खेल खेलेका छन् । जुन खेलमा नेपालले २ खेलमा जित हात पारेको छ भने नेदरल्याण्डले पनि समान २ खेलमा जित हात पारेको छ ।
सन् २०१४ मा भएको विश्वकप छनोटमा नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित भएको थियो । सन् २०१५ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले २ विकेटले नेदरल्याण्डलाई पराजित गरेको थियो ।
सन् २०१६ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र नेदरल्याण्डले दुई खेल खेलेका थिए । जुन खेलमा नेपालले उसैको घरेलु भूमिमा नेदरल्याण्डलाई पराजित गरेको थियो । पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने १९ रनले नेदरल्याण्डलाई पराजित गरेको थियो ।