देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तँछाडमछाट गर्दै चिकित्सकहरु दुर्गम क्षेत्रमा जान किन ?

देशान्तर

काठमाडौं । पछिल्लो समय चिकित्सकहरु दुर्गम क्षेत्रमा जान तँछाडमछाड गर्दै आइरहेका छन । कुनै समय थियो दुर्गम भेगमा गएर बिरामीहरुको सेवा गर्न भन्दा जागिर छोढ्न तयार हुने । सरकारी छात्रावृत्तिमा एमबिबिएस अध्ययन गरिसकेका र लोक सेवा नाम लेखाएका चिकित्सकहरुले अहिले सेवाको लागि सुगम भन्दा दुर्गम क्षेत्र रोज्न थोलेका छन ।
स्वास्थ्य मन्त्रालयमका अनुसार दुर्गममा जान इच्छुक चिकित्सकहरुको दरवन्दी मिलाउन कठिन भएको बताएको छ । पछिल्लो समयमा नाम निकालेर आएका चिकित्सकहरु मध्य धेरैले दुर्गम क्षेत्र नै रोज्ने गरेको मन्त्रालय चिसित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले बताएको छन ।
सरकारी छात्रावृतिमा एमबिबिएस गरेका चिकित्सकहरूले अनिवार्य रूपमा दुई वर्ष दुर्गममा गएर सेवा नगरे विशेषज्ञ चिकित्सको पढाइ पढ्न नपाउने हुँदा चिकित्सकहरुको रोजाइ दुर्गम भएको स्वास्थ्यमन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले बताएका छन ।
पहिलो नम्बरमा नाम निकाल्नेलाई पहिलो रोजाइ हुने गरि मेरिट बेसमा स्थान रोजाएको प्रमुख डा श्रेष्ठले बताएका छन । स्वास्थ्य मन्त्रालयले दुर्गममा दुई र अति दुर्गममा एक वर्ष सेवा नगरी एमडी, एमएस पढ्न नपाउने कुरा स्वास्थ्य सेवा ऐन’मा समावेस गरेको छ ।