देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तपाईको दिनभरको यस्तो बानीले, मस्तिष्कलाई विर्गान सक्छ

देशान्तर

काठमाडाै‌ं,ामीले दैनिक जीवनमा गर्ने कतिपय गल्तीहरु छन जसले मस्तिष्कको कार्यक्षमतामा ह्रास आउन सक्छ ।आखिर, हामीले गर्ने दिनभरको त्यस्तो गल्ती के हो, जसले हाम्रो मस्तिकलाई विगार्न सक्छ

 

निद्राको कमी
शरीर तथा मस्तिष्कको समग्र विकासका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक छ । मस्तिष्कलाई ताजा र स्वस्थ्य राख्न दिनहुँ ७ वा ८ घण्टाको गहिरो निन्द्रा लिनुपर्छ ।अपर्याप्त निद्राको कारण मस्तिष्कका कोषिका निस्कृय हुनुका साथै अनावश्यक दवाव पर्छ । त्यसले मस्तिष्कको कार्य क्षमतामा ह्रास आउँछ । र, यसको नकारात्मक असर मस्तिष्कमा पर्ने गर्छ । कतिसम्म भने यसकै कारण स्मरण शक्ति समेत कमजोर हुन थाल्छ ।
एक्लै बस्ने बानी
एक्लै समय व्यतित गर्ने मानिसमा अल्जाइमरको सम्भावना बढ्ने गर्छ । एक्लै बस्ने बानीका कारण मस्तिष्कमा नराम्रो असर पर्ने गर्छ ।

 

जंकफुडको सेवन

प्राय जंकफुडमा अजिनोमोटोको प्रयोग गरिएको हुन्छ । आवश्यक्ता भन्दा बढी अजिनोमोटोको सेवनले मस्तिष्कलाई असर पार्छ । विशेषगरी, मस्तिष्कमा हुने न्युरोन रिसेप्टर्सलाई यसले असर पार्छ । जसका कारण टाउको दुख्ने, दुविधा बढ्ने, वान्ता हुने, पेट दुख्ने लगायतको समस्या हुने गर्दछ ।

 

ठूलो स्वर

लगातार घण्टौसम्म एयर फोन तथा हेड फोन लगाएर ठूलो स्वरमा गीत सुन्ने गर्नाले पनि मस्तिष्कका कोशिकामा असर पर्ने गर्छ । जसका कारण मस्तिष्कमा समेत असर पर्ने गर्छ । यसकै कारण अल्जाइमरको समस्या समेत हुने गर्छ ।

 

निस्क्रिय जीवनशैली

निस्क्रिय जीवनशैलीका कारण पनि मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ । विशेषगरी, निस्क्रय जीवनशैली भएमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका समस्या निम्तने गर्छ । जसले मस्तिष्कमा गम्भीर असर पार्न सक्छ ।

 

धुमपान

धुमपान गर्नाले शरीरबाट कयौ हानीकारक रसायनहरु निस्कने गर्छ । यसले रगतलाई गाढा बनाइदिन्छ, जसले गर्दा मस्तिष्कमा रक्तसञ्चार कम हुने गर्छ । साथै , मस्तिष्कमा अक्सिजनको प्रवाह समेत कम हुने गर्छ । मस्तिष्कमा अक्सिजन राम्ररी नपुगमो मस्तिष्क विग्रने सम्भावना बढ्ने गर्छ ।

 

आवश्यक्ता भन्दा बढी खानाको सेवन

कयौ मानिसको बानी हुन्छ, खाना देख्नै नसक्ने । र, खाना देख्यो कि मनले थाम्नै नसक्ने । आवश्यक्ता भन्दा बढी मात्रामा खानेकुराको सेवनले केही समयका लागि जिव्रोले स्वाद त पाउला । पेटलाई पनि सन्तोष होला ।शरीरका लागि चाहिने भन्दा बढी मात्रामा खानेकुराको सेवनले मस्तिकलाई भने असर पार्न सक्छ ।
विरामी हुदाँ काम गर्ने बानी
काम तथा पढाईको चापका कारण कयौ मानिस आराम गर्नै पनि विर्सने गर्छ । विशेषगरी, विरामी अवस्थामा शरीरलाई पर्याप्त मात्रामा आराम नमिलेको खण्डमा मस्तिष्कले राम्रोसितले काम गर्न सक्दैन । परिणामस्वरुप मस्तिष्कमा दीर्घकालीन असर पर्न सक्छ ।