देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–स्कटल्यान्ड भिड्दै: खाँचो स्पष्ट जितको

देशान्तर

जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ ।

प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ ।

तर उत्कृष्ट फर्ममा रहेको स्कटल्याण्ड विरुद्धको खेल नेपालको लागि सहज पक्कै पनि हुनेछैन ।

प्रतियोगितामा लगातार दुई खेल जित्ने क्रममा स्कटल्याण्डले अफगानिस्तान र हङकङ्लाई पराजित गरेको थियो ।

आजको खेल जित्दै स्कटल्याण्ड पनि सुपर सिक्सको यात्रा निश्चित गर्न चाहन्छ ।

नेपालले समुहको तेस्रो खेलमा अप्mगानिस्तान र चौथो तथा अन्तिम खेलमा हङकङ्को सामना गर्नेछ ।

बाँकी रहेका सबै तीन खेल जितेको खण्डमा सुपर सिक्समा नेपालको यात्रा निश्चित हुनेछ ।

कुनै एउटा खेल हारेको खण्डमा भने नेपालको यात्रा समुहका अन्य टोलीहरुको प्रदर्शनमा निर्भर गर्नेछ ।