देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिपिएलको सह–प्रायोजकमा जगशक्ति टिएमटी बार

देशान्तर

काठमाडौं। रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को सह–प्रायोजकमा जगशक्ति टिएमटी बार रहनेछ भएको छ। सह–प्रायोजक वापत जगदम्बा इन्टरप्राइजेजले आयोजकलाई १० लाख नगद प्रायोजन गर्नेछ। आयोजकले सम्पूर्ण प्रवर्धनात्मक क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ।

सम्झौतामा डिपिएलका अध्यक्ष सुवास बी शाही र जगदम्बा इन्टरप्राइजेजका सिनियर मार्केटिङ म्यानेजर जगतराज ढुंगानाले मंगलबार हस्ताक्षर गरे।

डिपिएलका लागिअक्सनबाट सहभागी टिमहरु काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीले एक रणनैतिक खेलाडीसहित १२ जना खेलाडीहरुलाई अनुबन्ध गरिसकेका छन्। त्यसबाहेकका दुई जना विदेशी खेलाडीहरुलाई टोलीले यथाशिघ्र चाडो भित्र्याउने जनाएका छन्।

अनुमानित ३ करोड लागत रहेको रुस्लान डीपीएल–२ को विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ । तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख दिइनेछ । गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो । प्रत्येक खेम्यान अफ द म्याचले रु १० हलका जार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् । उत्कृष्ट ब्याटसम्यान र बलरलाई पनि पुरस्कृत गरिनेछ।

उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप   १—१ लाख  रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसको पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

आगामी चैत्र १७ गतेदेखि धनगढीमा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढिरहेको छ। मैदान तथा पीच निर्माण तथा व्यवस्थापकिय कार्यहरुपनि धमाधम भइरहेका छन्।