देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियामा हुन्डीवालबीच बबाल

देशान्तर

सिड्नी । सिडनीमा हुन्डी व्यवसाय फस्टाएको निकै भइसकेको छ । यहाँं दशकांैदेखि हुन्डीको खेल चल्दै आएको छ । यहाँंका टप हुन्डीवालहरूले यसै धन्दावाट करोडौं रुपैयाँको खेलोमेलो गरिसकेका छन् । यतिखेर यिनै हुन्डीवालको संरक्षणमा रहेको चितवनका हुन्डीवाल सरोज ढकालले आफ्नो व्यवसाय बढाउँदै खेलो गर्दा सात करोड रुपैयाँमा आफ्नै सहकर्मीलाई धोका दिँदाँं सिड्नीमा खैलाबैला मच्चिएको छ ।

चितवन घर भएका सरोजले यहाँंवाट पठाएको हुन्डीको पैसा ससुरा राजेश उपाध्याय र सासूको नाममा हालेर धन्दा चलाउँदै आएका थिए । यताबाट भन्ने र उता अर्को पार्टीले पैसा हालिदिने धन्दा राम्रै चलेको थियो । ढकालका पार्टनर विनोद भट्टराइसँंग नेपालमा रकम हाल्दैजाँंदा सात करोडको हिसाब देखिएपछि विवाद सुरु भएको हो । यहाँं पनि कमाउने र उता पनि कमाउने धन्दामा रहेका यी हुन्डीवालबीच सात करोडको हिसाबकिताब नमिलेपछि सिडनीमा सरोज हिसाबकिताब मिलाउँला भन्दै हिँडेका छन् । तर उता आफ्नै पेसामा पार्टनरबाट ठगिन लागेपछि भट्टराई ज्यान दिएर आफ्नो पैसा असुल्न लागिपरेका छन् ।

सरोज भने एकाउन्टेन्ट राखेर हिसाब गर्ने भन्दै पन्छिने क्रममा छन् । सिड्नीको यो झगडामा यँहाका थापा थरका हुन्डीका डन पनि मुछिएका छन् । थापाले नै सरोजलाई हुन्डी व्यवसायमा सघाएका हुन् । यता नेपालमा रहेका भट्टराईको टोली पनि सात करोड डुबेपछि ढकालको सासूससुरालगायतका आफन्तका सम्म पुगिसकेको छ । हाल ढकाल विभिन्न बहाना बनाउँंदै सात करोड पचाउने कसरतमा मिडियाको समेत दुरुपयोग गर्दै हिँडिरहेका छन् । तर आफ्नो घर खेतको रकम डुब्ने भएपछि अर्को पार्टी पनि ढकालको पछि ज्यान छाडेर लागेको छ । अब हेर्न बाँंकी छ, यी हुन्डीवालबीचको झगडामा एउटाले पचाउने कि अर्कोले उठाउने हो भन्ने बारे ।