देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान, अब उडान अवरुद्ध नहुने

देशान्तर

झापा, हुस्सु र कुहिरोका कारण झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

यो प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्यन प्राधीकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुडालले जानकारी दिए ।आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो ।

यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिने इन्चार्ज चुडालले बताए ।आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।