देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एएफसी यु–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपाल ५–० ले पराजित

देशान्तर

काठमाण्डौ ।
एएफसी यु–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।
कीर्गिस्तानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो ।छनोट चरणअन्तर्गत् यसअघिका तीनओटै खेल हारेको नेपाल अन्तिम खेलमा पनि पराजित भएसँगै अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालले सबै चार खेल हार्नेक्रममा कुल १२ गोल व्यर्होयो ।

आफ्नो पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले हारेको नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० ले र तेस्रो खेलमा युएईसँग १–० ले पराजित भएको थियो ।