देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू–१९ च्याम्पियनसिपको छनौट चरणको खेलमा नेपाल र बहराईन भिड्दै

देशान्तर

काठमाडौं । एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा आज नेपालले बहराईनको सामना गर्दैछ । पहिलो खेलमा आयोजक कीर्गीस्तानसँग २–० ले पराजित नेपाल आजको खेल जित्ने प्रयासमा हुनेछ । तर बहराईन विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन ।

यो खेलमा पराजित भएको खण्डमा नेपालको छनोट यात्रा कठिन बन्नेछ । समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आगामी शनिबार युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ ।

छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा ईन्डोनेसियामा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।