देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ बाट उम्मेदवारको नाम सिफारिस

देशान्तर

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं क्षेत्र नम्बर तीनबाट कांग्रेसले उम्मेदवारको नाम सिफरिस गरेको छ । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ सहकारी मन्त्री अम्बिका बस्नेत, युवा नेता तथा महासमिति सदस्य हरिबोल भण्डारी, परशुराम पोखरेल र कृष्णजी खड्काको नाम सिफरिसमा परेको छ । चार जनाको नाम सिफारिस गरिएपनि बस्नेत र भण्डारी मध्ये एक जनाले टिकट पाउने संभावना रहेको छ ।

त्यसैगरि प्रदेश तर्फ भने दिपक रिसाल, बिमल ठकुरी, गजेन्द्र लामा, छिरिङ लामा, गोविन्द पुडासैनी, विष्णुदेवि पुडासैनी र जगननाथ धिमालको नाम सिफरिस भएको छ ।

कांग्रेसको राजनीतिमा पारिवारी लिगेसी र पुराना नेतृका रुपमा सहकारी मन्त्री बस्नेतलाई चिन्ने गरिन्छ भने तरुण दलका पूर्व केन्द्रिय सदस्य र कांग्रेस महासमिति सदस्य रहेका भण्डारी सामाजिक कामका कारण कांग्रेसवृत्त बाहिर पनि रुचाइएका नेतामा पर्दछन् ।