देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा भाग लिने नेपाली टिमको बिदाइ

देशान्तर

काठमाडौं । जापानको योशिनो नदीमा हुने विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीलाई आज बिदा गरिएको छ । हिमालयन रिभर गाइड एसोसिएसन अफ नेपालले नेपाली टिमलाई बुधबार एक कार्यक्रम गरी बिदा गरेको हो ।

प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरूमा हरि आले मगर, रोशन लामा, प्रकाश गुरूङ, मान बहादुर कँडेल, विनोद गुरूङ, टेक बहादुर गुरूङ र विशाल गुरूङ रहेका छन् । त्यस्तै, प्रशिक्षकमा विष्णु गुरूङ रहेका छन् । नेपाल एसोशियसन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ एसोशियसन र नेपाल कायक एण्ड क्यानोइङ क्लबको सहकार्यमा नेपालले भाग लिन आटेको हो ।

च्याम्पियनसिपमा अक्टोबर २ देखि ९ तारिखसम्म जापानको योशिनो नदीमा आयोजना हुँदैछ । नेपालले खुल्ला स्पर्धामा प्रतिस्पर्धा गर्न लागेको हो । खुल्ला स्पर्धामा विश्वका २३ राष्ट्रका ८० टिमले सहभागिता जनाउँदै छन् ।